सहकारीको कर्जा सुरक्षण गर्न आवश्यक छ : पूर्व अर्थ सचिव ढुंगाना

सहकारीको  कर्जा सुरक्षण गर्न आवश्यक छ : पूर्व अर्थ सचिव ढुंगाना
समाचार | 2023-03-08 Share

काठमाडौं । सहकारीमा कर्जा सुरक्षण अत्यावश्यक रहेकाे अर्थ मन्त्रालयका पूर्व सचिव शिशिर ढुंगानाले बताउनुभएको छ ।

यदि सहकारीमा कर्जा सुरक्षण प्रणाली विकास नगर्ने हाे भने आगामी दिनमा सहकारीको अवस्था भयाबह हुने बताउनुभएको छ ।

सिईओ वर्कशपमा बाेल्दै ढुंगानाले कर्जा सुरक्षण प्रणाली नेफ्स्कुन वा अन्य कुनै निकायले अग्रसरता लिएर निर्माण गर्न आग्रह गर्नुभएको छ ।

ढुंगानाले अहिले आफ्नाे उत्पादन भएका मुलुकलाई डर नभएकाे र उत्पादन नभएकाे देशलाई सकस रहेकाे भन्दै यसमा सहकारीले ध्यान दिन आग्रह समेत गर्नुभयो  । उहाँले आगामी दिनमा साना तथा घरेलु उद्योगलाई झन समस्या हुने बताउनुभयो । सहकारीलाई नयाँ क्षेत्र र स्टार्टअपमा लगानी बढाउन समेत सुझाव दिनुभयो ।

उहाँले  सहकारीले बचतका लागि गैर व्यावसायिक प्रतिस्पर्धा नत्याग्ने हाे भने भाेलीकाे दिनमा अवस्था जटिल बन्दै जाने समेत बताउनुभयो ।