सहकारीकर्मीहरुले राष्ट्रिय सहकारी महासंघमा तालाबन्दी गर्ने

सहकारीकर्मीहरुले राष्ट्रिय सहकारी महासंघमा तालाबन्दी गर्ने
समाचार | 2023-03-10 Share

काठमाडौं । सहकारीकर्मीहरुले राखेको माग सम्बोधन नगरेको भन्दै सहकारी बचाऔं राष्ट्रिय अभियानले राष्ट्रिय सहकारी महासंघमा तालाबन्दी गर्ने चेतावनी दिएको छ ।

अभियानले आज चरणवद्ध आन्दोलनको घोषणा गर्दै महासंघ र सहकारी सम्वद्ध नियकायहरुमा तालाबन्दी गरेर अनशन बस्ने घोषणा गरेको हो ।

सहकारीमा देखिएको तरलता लगायतका समस्या समाधान गर्न आवश्यक कदम चाल्न अभियान र राज्यसंग विभिन्न माग राखेर आन्दोलन गर्दै आएका सहकारीकर्मीहरुले आज काठमाडौं एक भेलाको आयोजना गरेर सात बुँदे आन्दोलनको घोषणा गरेका हुन् ।

सहकारीकर्मीहरुले पहिलो चरणमा संघीय सहकारी विभाग, प्रदेश सहकारी विभाग, नगर तथा गाउँपालिकाका सहकारी विभागहरु, राष्ट्रिय सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक, सहकारीका केन्द्रीय संघहरु र प्रदेश तथा जिल्ला संघहरुलाई आन्दोलनका कार्यक्रम सहितको ज्ञापनपत्र बुझाउने भएका छन् ।

यसैगरी आन्दोलनमा सहभागी सबै सहकारी संघ÷संस्थाहरुले आ–आफ्नो कार्यालयमा सहकारी बचाऔं राष्ट्रिय अभियानको मागहरु सहितको आन्दोलनमा ऐक्यवद्धता व्यानर टाँग्नुका साथै सम्पूर्ण कर्मचारी तथा संचालकहरुले कालोपट्टी बाँधेर काम गर्ने भएका छन् । 

यस्तै माइतीघर मण्डलामा प्लाकार्ड सहितको साँकेतिक विरोध प्रदर्शन गर्ने, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी विकास वोर्ड, सहकारी विभाग लगायतका निकायहरु घेराउ गर्ने र सहकारी संस्थाका कार्यालयहरु निश्चित समय निर्धारण गरेर सामूहिकरुपमा बन्द गर्ने कार्यक्रम तय गरेका छन् । 

यति गर्दा पनि सहकारी अभियान र राज्यले माग पुरा नगरे सहकारी संस्थाहरु अनिश्चितकालका लागि बन्द गरेर सरकारलाई चाबी बुझाउने सहकारीकर्मीले चेतावनी दिएका छन् ।

सहकारी बचाऔं राष्ट्रिय अभियानले राखेका मागहरु: