काठमाडौं र ललितपुरका सात ओटा सहकारीबीचको एकीकरण प्रक्रिया सम्पन्न

काठमाडौं र ललितपुरका सात ओटा सहकारीबीचको एकीकरण प्रक्रिया सम्पन्न
समाचार | 2023-03-23 Share

काठमाडौं । ललितपुर र काठमाडौं जिल्लामा सञ्चालित सात ओटा सहकारी संस्थाबीच एकीकरण भएको छ।

एकीकरण हुने सात संस्थाहरुमा फण्ड्स बचत तथा ऋण सहकारी संस्था, शाइन बहुउद्देश्यीय सहकारी संस्था, पिनाकल बचत तथा ऋण सहकारी संस्था, क्लियर बचत तथा ऋण सहकारी संस्था, ग्रिनरी बचत तथा ऋण सहकारी संस्था, गोल्डेन रोज बचत तथा ऋण सहकारी संस्था र नैतिक बहुउद्देश्यीय सहकारी संस्था रहेका छन्।

एकीकरणको लागि बागमती प्रदेश, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले माघ ४ गते स्वीकृती प्रदान गरेको थियो ।

सात वटा संस्थाहरु एकीकरण भई फण्ड्स बचत तथा ऋण सहकारी संस्थाको नामबाट कारोबार हुनेछ । त्यस्तै संस्थाको प्रधान कार्यालय मानभवन, ललितपुर हुने र सेवा केन्द्रहरु कोटेश्वर, कालिमाटी र पेप्सीकोला मात्र हुने जनाएको छ ।

संस्थाको एकीकृत कारोबार चैत्र १५ गतेदेखि हुने संस्थाहरुले जारी गरेको सूचनामा भनिएको छ।