कास्कूनले आयोजना गरेको कर तथा कोष व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

कास्कूनले  आयोजना गरेको कर तथा कोष व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
समाचार | 2023-08-06 Share

काठमाडौं । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) को आयोजनामा दुई दिवसीय तालिम सम्पन्न भएको छ 

नेफ्स्कून–कास्कून साझेदारी कार्यक्रम अनुरुप साउन  १८ र १९ गते आयोजित कर तथा कोष व्यवस्थापन तालिम चाबहिल स्थित नेफ्स्कून तालिम हलमा  सम्पन्न भएको हो ।

तालिम समापन समारोह कास्कूनका सचिव वीरेन्द्र भण्डारीको अध्यक्षता, सघंका सञ्चालक खेलनाथ सिग्देलको आतिथ्यता, संघका व्यवस्थापक अरुण कुमार तिवारी, नेफ्स्कून फिल्ड कार्यालय चावहिलका ईन्चार्ज राधा कुमारी पोखरेल, संघका व्यवसाय सहायक बिश्वास पौडेलको उपस्थिती रहेको थियो ।

समापन मन्तव्य राख्दै संचालक सिग्देलले कर प्रशासन अति महत्वपूर्ण विषय भएको हुँदा नियमित कर बुझाउने र समयमै इफाईलिङ गर्नु पर्ने बताउनुभयो  । सहकारी संस्थाले आफूसंग भएको पूंजी, कोष परिचालनको सिप यस्ता तालिमबाट कर्मचारीहरुको क्षमता विकासमा महत्वपूर्ण रहँदै आएको चर्चा गर्नुभयो ।

साथै सहभागीहरुलाई आवश्यक पर्ने तालिमहरु कास्कूनका कार्यालयहरु मार्फत माग गर्न समेत अग्रह गर्दै तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई साकोसहरुमा गएर प्रयोग गर्न आग्रह गर्नुभएको थियो साथै सबै सहभागीहरुलाई अभियानमा ऐक्यवद्धता जनाई तालिममा सहभागी हुनुभएकोमा हार्दिक धन्यवाद तथा बधाई ज्ञापन गर्नुभएको थियो ।

समापन सत्रको समापन मन्तव्य राख्दै अध्यक्षले तालिममा सहभागीहरुलाई हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दै अनवरत शिक्षा मार्फत सहकारी संस्थाले कानुनको पालना गर्दै शुसासित बनाउनु पर्ने धारणा राख्नु भएको थियो । आय कर ऐन २०५८, नियमावली २०५९ मा भएका व्यवस्थाहरु, आर्थिक ऐन र सो को संसोधन अनुसार कर व्यवस्थापन, कर संकलन, कर जम्मा र करको विवरण पेश गर्ने र सहकारीका लागि आयकर ऐन २०५८ मा भएका कुराहरु राख्नुभएको थियो ।

ऐनका व्यवस्था पालना नहुँदा ब्याज, शुल्क र जरीवाना समेत लाग्ने साथै सहकारी संस्थामा कोष व्यवस्थापन सम्बन्धमा सहकारी ऐन, नियमावली अनुसार व्यवस्था गर्ने र समुचित परिचालनमा विशेष जोड दिन अग्रह गर्नु भएको थियो ।

तालिबाट प्राप्त ज्ञान, सिप र विषयवस्तुहरुको सार्थकताका लागि यसको प्रभावकारी कार्यान्वयन नै मुख्य कार्य हुने हुँदा तालिममा सहभागी प्रतिनिधीहरुले कार्यान्वयनका लागि पहल गर्ने विश्वास लिएको बताउनु भयो । सहभागी र सहजकर्ता सबैलाई धन्यवाद दिँदै तालिम समापन भएको बताउनु भएको थियो । 

कार्यक्रममा अतिथीहरुले संयुक्त रुपमा सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो । तालिमको सहजीकरण एफसिए राजकुमार फुयालले गर्नुभएको थियो भने संघका तालिम अधिकृतले संचालन गर्नु भएको थियो ।