आईडियल सहकारीको २४औं वार्षिक साधारण सभा असोज २५ गतेबाट सुरु हुने

आईडियल सहकारीको २४औं वार्षिक साधारण सभा असोज २५ गतेबाट सुरु हुने
समाचार | 2023-09-13 Share

सप्तरी । राजविराजमा मुख्य कार्यालय रहेको आईडियल सहकारी संस्थाले असोज २५ गतेबाट एकाईगत आधारमा २४औं वार्षिक साधारण सभा गर्नेभएको छ ।

संस्थाले असोज २४ गते हनुमाननगर चोक, २५ गते पातो बजार चोक र २७ गते राजविराज स्थित जिल्ला समन्वय समितिको सभाहलमा एकाई सभा गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

एकाई सभाले छनौट गरेको एकाई प्रतिनिधिहरुको निर्णय प्रमाणीकरण सभा भने राजविराज–४ स्थित संस्थाको कार्यालयमा असोज २९ गते बस्ने संस्थाले जनाएको छ ।

वार्षिक साधारण सभामा प्रस्तुत हुने प्रतिवेदनहरु संस्थाको वेवसाईटबाट डाउनलोड गरेर अध्ययन गर्न सकिने ब्यवस्था गरेको छ ।

संस्थाले शेयर सदस्यहरुलाई साधारण सभाका प्रतिवेदनहरु उपर आफनो जिज्ञासा वा राय, सुझाव दिनुपर्ने भएमा लिखित रुपमा वा संस्थाको फेसबुक पेजमा राखिएको गुगल फर्ममा आफनो सुझाव भरेर असोज १९ गते भित्र पठाउन अनुरोध गरेको छ  ।

साथै साधारण सभामा विशेष प्रस्ताव राख्नुपर्ने भएमा असोज १९ गते कार्यालय समय भित्र लिखित रुपमा पेश गर्न अनुरोध गरेको छ ।