बनेपाको उग्रतारा बहुउद्देश्यीय सहकारीमा नयाँ कार्यसमिति

बनेपाको उग्रतारा बहुउद्देश्यीय सहकारीमा नयाँ कार्यसमिति
समाचार | 2023-09-15 Share

काभ्रे । बनेपा–७ मा रहेको उग्रतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा नयाँ संचालक समिति निर्वाचित भएको छ ।

संस्थाको बीसौं वार्षिक साधारण सभाले आगामी चार वर्षे कार्यकालका लागि नौ सदस्यीय संचालक समिति र तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरेको हो ।

भदौ २३ गते सम्पन्न भएको साधारण सभाबाट संचालक समितिको अध्यक्षमा पुनः पूर्ण प्रसाद पलाञ्चोके निर्वाचित हुनुभएको छ । समितिको उपाध्यक्षमा पुष्पकाजी श्रेष्ठ, सचिबमा दियेसरत्न शाक्य र कोषाध्यक्षमा लक्ष्मीलाल राजभण्डारी चयन हुनुभएको छ ।

संचालक सदस्यहरुमा प्रकाश चन्द्र जोशी, उद्धब प्रसाद तिमिल्सिना, श्यामकृष्ण श्रेष्ठ, डा.बिद्या कोख श्रेष्ठ प्रधानांग र दिब्यश्वरी लाखे पोटे रहनुभएको छ ।
यसैगरी शान्तीराज कायष्थको संयोजकत्जमा गठित लेखा सुपरीबेक्षण समितिमा महेश्वरभक्त भोछिभोया र सुधिर कुमार पलाञ्चोके सदस्य रहनुभएको छ ।

निर्बाचन अधिकृत रमेश प्रसाद हुमागाईले संस्थाको बीसौं वार्षिक साधारण सभाबाट नयाँ संचालक समिति र लेखा सुपरीवेक्षण समिति निर्बिरोध निर्बाचित भएको घोषणा गर्नु भएको थियो ।

संस्थाका अध्यक्ष पूर्ण प्रसाद पलाञ्चोकेको सभापतित्वमा  आयोजित साधारण सभाको प्रमुख अतिथि बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले उद्घाटन गर्नुभएको थियो ।

शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथि शाक्यले केही सहकारीमा आएको बिचलन र समस्याका बाबजुद पनि उग्रतारा बहुउद्देश्यीय सहकारी संस्थाले राम्रोसंग संस्था संचालन गरी सदस्यहरुको बिश्वास जित्न सफल भएको धारणा राख्नुभयो ।

बनेपा नगरपालिका उग्रतारा सहकारी संस्थासंग हातेमालो गरेर सामुदायिक काम गर्न उत्सुक रहेको उल्लेख गर्दै उहाँले संस्थाका सम्पूर्ण शेयर सदस्यहरुलाई साधारण सभाको अवसरमा शुभकामना दिनुभयो ।

सोही अबसरमा नगर प्रमुख शाक्यले संस्थाका ८० बर्ष र सो भन्दा माथीका २४ जना जेष्ठ सदस्यहरु तथा बचत र ऋण तर्फ उत्कृष्ठ कारोबार गर्ने ४ जना शेयर सदस्यहरुलाई जनही रु ५०००। पांचहजारका दरले नगद सहित सम्मान गर्नु भएको थियो । 

साधारण सभामा सोही अबसरमा संस्थाको प्रगती प्रतिबेदन सचिब दियेसरत्न शाक्य, लेखा सुपरीबेक्षण समितिको प्रतिबेदन संयोजक शान्तिराज कायष्थ र आर्थिक प्रतिवेदन कोषाध्यक्ष लक्ष्मीलाल राजभण्डारीले पेश गर्नुभएको थियो । 

साधारण सभामा प्रस्तुत प्रतिवेदन अुनुसार आर्थिक वर्ष (आ.व.) २०७९/८० मा संस्थाको शेयर पुँजी ५ करोड २६ लाख ३१ हजार र कुल बचत ७६ करोड ४८ लाख रुपैयाँ कायम भएको छ । संस्थाले शेयर सदस्यहरुलाई विभिन्न शीषर्कमा ७२ करोड ८९ लाख रुपैयाँ ऋण लगानी गरेको छ ।

साधारण तथा अन्य कोषमा ५ करोड ७९ लाख ४३ हजार रुपैयाँ संचित गर्न सफल संस्थाले समीक्षा आ.व.को कारोबारबाट सरकारलाई ६१ लाख रुपैयाँ करमा योगदान गरेको छ ।

साधारण सभाको अवसर पारेर संस्थाले ८० बर्ष र सो भन्दा बढी उमेर पुगेका २४ जना ज्येष्ठ शेयर सदस्य र बचत र ऋण तर्फ उत्कृष्ट कारोबार गर्ने चार जना शेयर सदस्यलाई प्रमुख अतिथिको हातबाट जनही पाँच हजार रुपैयाँ नगद सहित सम्मान प्रदान गरेको थियो ।