ज्योजिपुञ्ज साकोसको १३औं वार्षिक साधारण सभा अन्तर्गत दोस्रो एकाई सभा सम्पन्न

ज्योजिपुञ्ज साकोसको १३औं वार्षिक साधारण सभा अन्तर्गत दोस्रो एकाई सभा सम्पन्न
समाचार | 2023-09-17 Share

काठमाडौं । ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्थाले १३औं वार्षिक साधारण सभा अन्तर्गत चार ओटा एकाई मध्ये दोस्रो एकाई सभा सम्पन्न गरेको छ ।

संस्थाले शनिबार गोठाटार सेवा केन्द्र मातहतका शेयर सदस्यहरुको सहभागितामा दोस्रो एकाई सभा सम्पन्न गरेको हो ।

साधारण सभा संस्थाका अध्यक्ष नविन श्रेष्ठको अध्यक्षता र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । 

कार्यक्रममा काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून)का वरिष्ठ उपाध्यक्ष नवराज अर्याल विशिष्ट अतिथि रहनुभएको थियो ।

साधारण सभामा शुभकामना राख्दै प्रमुख अतिथि ढकालले नेफ्स्कूनको सदस्य रहेको ज्योतिपुञ्ज साकोस गुणस्तर सुनिश्चितताका लागि प्रोवेशन कार्यक्रममा सहभागी भएर अघि बढिरहेको बताउनुभयो ।

पछिल्लो समय संस्थाले सदस्य सन्तुष्टिका लागि निरन्तर कार्यक्रमहरू सञ्चालन गरिरहेको उल्लेख गर्दै उहाँले संस्थाले पल्र्सले तोकिदिएका सूचकहरु पालना गरेर अघि बढेको देखिएकोले सुरक्षित र दिगो संस्थाको रूपमा लिन सकिने आधार प्रशस्त रहेको बताउनुभयो । सुशासनमा रहेर सञ्चालन भएका संस्थाहरुमा समस्या नरहेको उहाँको भनाई थियो ।

यसैगरी विशिष्ठ अतिथि नवराज अर्यालले विषम परिस्थितिमा यो संस्थाको सफलता उल्लेख्य रहेको बताउनुभयो । अर्यालले सदस्यहरुको हितका लागि संस्थाले गरेका कार्यक्रमहरुको प्रशंसा समेत गर्नुभयो ।

साधारण सभामा संस्थाका गतिविधि बारेमा प्रमुख कार्यकारी अधिकृतले प्रस्तुतिकरण गर्नुभएको थियो । संस्थालाई विशेष योगदान पुर्याउने सदस्यहरूलाई साधारणसभाको अवसरमा सम्मान गरिएको थियो ।

साधारण सभामा प्रस्तुत प्रतिवेदन अनुसार आर्थिक वर्ष (आ.व.) २०७९/८० को अन्त्य सम्ममा संस्थामा ३ हजार ८ सय १२ जना शेयर सदस्य र ५ सय १४ जना बाल बचतकर्ता आवद्ध बनेका छन्  । 

गत असार मसान्त  सम्ममा संस्थाको शेयर पुँजी ८ करोड ८५ लाख २० हजार ६ सय रुपैयाँ कायम भएको छ । त्यस्तै ८६ करोड ८ लाख ७८ हजार १ सय ९० रुपैयाँ बचत रहेको संस्थाले १ अर्ब २ करोड २९ लाख ८५ हजार २ सय १२ रुपैयाँ ऋण लगानी गरेको छ ।

यसैगरी १ अर्ब ३४ करोड ५५ लाख ९७ हजार ६२ रुपैयाँ कुल सम्पत्ति रहेको संस्थासँँग २१ करोड ८ लाख ७० हजार २ सय ९७ रुपैयाँ यानेकी २४ दशमलव ५० प्रतिशत तरलता रहेको छ । 

संस्थाले गत आ.व.मा २३ करोड ११ लाख २१ हजार ६ सय २९ रुपैयाँ कुल आम्दानी गरेको छ भने २१ करोड ३० लाख ५३ हजार ७ सय ५० रुपैयाँ खर्च गरी १ करोड ८० लाख ६७ हजार ८ सय ७८ रुपैयाँ नाफा  आर्जन गरेको छ ।

संस्थाको लूभू सेवा केन्द्र अन्तर्गत असोज ३  गते र मुख्य कार्यालय अन्तर्गत असोज ६ गते साधारण सभा हुने संस्थाले जनाएको छ ।