बागमती प्रदेश सहकारी संघद्वारा बाँस्कोटालाई सहकारी अभियन्ता सम्मान 

बागमती प्रदेश सहकारी संघद्वारा बाँस्कोटालाई सहकारी अभियन्ता सम्मान 
समाचार | 2023-09-17 Share

काठमाडौं । बागमती प्रदेश सहकारी संघले राष्ट्रिय सहकारी विकास बोर्ड र राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष दिपक प्रकाश बाँस्कोटालाई सम्मान गरेको छ । 

संघले तेस्रो साधारण सभाको अवसर पारेर सहकारी अभियानको विकास र प्रवद्र्धनका लागि विगत लामो समयदेखि लागिपरेको उल्लेख गर्दै बाँस्कोटालाई सम्मान गरेको हो ।

त्यसैगरी उत्कृष्ट प्रदेश संघमा जिल्ला सहकारी संघ दोलखा, उत्कृष्ट सहकारी संस्थामा कल्याणकारी बचत तथा ऋण सहकारी संस्था ललितपुर र उत्कृष्ट महिला सहकारी संस्थाको रुपमा लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था पनौती सम्मानित भएका छन् । 

प्रदेशभरका संघहरु मध्येबाट प्रदेश उत्कृष्ट व्यवस्थापकमा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद दाहाल र प्रारम्भिक सहकारी संस्थाहरु मध्येबाट उत्कृष्ट व्यवस्थापकमा हाम्रो चित्रवन बचत तथा ऋण सहकारी संस्थाका उमेश पौडेल सम्मानित भएका छन् । 

संघले यस बर्षबाट विभिन्न विधामा व्यक्ति तथा संस्थालाई सम्मान सुरु गरेको संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले बताउनुभयो ।