बागलुङका दुई विद्यालयमा पाँच वटा ‘थ्रि जिरो क्लब’ गठन

बागलुङका दुई विद्यालयमा पाँच वटा ‘थ्रि जिरो क्लब’ गठन
समाचार | 2024-02-20 Share

बागलुङ । शुन्य गरिवी, शुन्य बेरोजगारी र शुन्य खुद कार्वन उत्सर्जनको लक्ष्य प्राप्ती गर्न युवा पुस्तालाई नेतृत्वदायी भूमिका प्रदान गर्ने उद्देश्यले बागलुङको पृथ्वी हिरण्य मा.वि., अमलाचौर र त्रिभुवन मा.वि. पैयुँपाटामा ५ वटा थ्रि जिरो क्लव आईतबार गठन गरिएको छ । 

चारतारे युवा क्लव सिवाईसी नेपाल र सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. को संयुक्त आयोजनामा सञ्चालीत वित्तीय साक्षरता तथा थ्रि जिरो क्लव गठन कार्यक्रमका क्रममा यी क्ललवहरु गठन गरिएको हो । 

पृथ्वी हिरण्य मा.वि. अमलाचौरमा २ वटा र त्रिभुवन मा.वि. पैयुँपाटामा ३ वटा गरी जम्मा ५ वटा क्लव गठन गरिएको हो । एक क्लवमा १२ देखि ३५ वर्ष उमेर समुहका ५ जनासम्म रहनसक्ने व्यवस्था अनुसार पृथ्वी हिरणय मा.वि.मा प्रिती नेपाली र सेनाज निशाको संयोजकत्वमा २ वटा छुट्टा छुट्टै क्लवहरु गठन गरिएको हो ।

जसको उपसंयोजकमा सपना सुनार र रञ्जीत शर्मा रहुनभएको छ भने सदस्यहरुमा विद्या पौडेल, मनिषा क्षेत्री लिजा नेपाली, कुस्मादेवि शर्मा, दिर्पा शर्मा र अपर्ण पोखरले रहनुभएको छ ।

त्यस्तै त्रिभुवन मा.वि. मा रञ्जीता शर्मा, सुमी परियार र सुजता नेपालीको संयोजकत्वमा ३ वटा क्लव गठन गरिएको छ जसको उपसंयोजकमा सेमीका लामिछाने, सोयल नेपाली, पुर्णिमा शर्मा र सदस्यहरुमा आयुष शर्मा, सुस्मिता लामिछाने, समिर क्षेत्री, ववी दर्जि, रेशम परियार, विजय कुँवर, सुमिना क्षेत्री, अमिशा नेपाली र संगम पाठक रहनुभएको छ । 

पृथ्वी हिरण्य मा.वि. मा सम्पन्न कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनवहादुर खत्रीको अध्यक्षता तथा बा.न.पा.–१२ का वडा अध्यक्ष कोपिलामणी शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने त्रिभुवन मा.वि.मा सम्पन्न कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. रामवहादुर के.सी. को अध्यक्षता र बा.न.पा.–१३ का वडा अध्यक्ष नारायण शर्मा पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा वि.व्य.स., विद्यार्थि अभिभावक संघ, विद्यायलयमा कार्यरत शिक्षक र विशेष गरेर कक्षा ८, ९ र ११ कक्षाका विद्यार्थीहरुको सहभागिता रहेको थियो । 

थ्री जिरो क्लवको परिकल्पना नोवल शान्ति पुरस्कार विजेता प्रोफेसर मोहोम्मद युनुसले गर्नुभएको थियो । थ्री जिरो क्लवको विश्वव्यापी सञ्जाल निर्माण गर्ने, थ्री जीरोको महत्व, आवश्यकता एवं लक्ष्यबारे जानकारी गराई त्यसमा युवाहरुको रचनात्मक र नेतृत्वदायी भूमिकाको अवसर सिर्जना गर्ने, विश्वका जल्दाबल्दा समस्याहरुको समाधानमा स्थानीय स्तरबाटै पहलकदमी गर्ने जस्ता कार्यहरु गर्नका लागि स्वतस्फुर्त रुपमा यस्ता क्लवहरु गठन गर्ने गरिएको छ ।

कार्यक्रममा संस्थाको तर्फबाट थ्री जिरो क्लवको अवधारण बारे सिवाईसी नेपालका कार्यसमिति सदस्य गोपालकुमार शर्मा, संस्थाको बारेमा जानकारी सिवाईसी साकोसका सचिव ज्ञानेन्द्रराज पन्त, वित्तीय साक्षरताको विषयमा सिवाईसी साकोसका प्रमुख कार्यकारी अधिकृत नवराज शर्माले जानकारी गराउनु भएको थियो भने कार्यक्रम सञ्चालक सिवाईसी नेपालका कार्यक्रम अधिकृत सुमन घर्ति क्षेत्रीले गर्नुभएको थियो ।