नेचुरल सहकारीको बृहत् सदस्य शिक्षा तथा विस्तारित मञ्च सम्पन्न

नेचुरल सहकारीको  बृहत् सदस्य शिक्षा तथा विस्तारित मञ्च सम्पन्न
समाचार | 2024-02-25 Share

काठमाडौं । नेचुरल बचत तथा ऋण सहकारी संस्थाले बृहत् सदस्य शिक्षा तथा विस्तारित मञ्च कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । प्रधान कार्यालय सदस्य केन्द्रीत कार्यक्रम संस्थाकी अध्यक्ष शर्मिला अमात्यको सभापतित्वमा सम्पन्न भएको छ ।

कार्यक्रममा संस्थाका सचिव विकल्प पाठकले संस्थाको वर्तमान वित्तीय अवस्था, सदस्यहरु बीच जारी गरेको विभिन्न योजना, आगामी कार्ययोजना, संस्थामा सदस्यहरुको भूमिका, संस्थाले सदस्यलाई प्रदान गर्दै आएको सेवाहरुका बारेमा जानकारी गराउनुभएको थियो । त्यस्तै वृतचित्रमार्फत संस्थाले गरेको गतिविधिलाई सदस्यहरु माझ प्रस्तुत गरिएको थियो ।

यसका साथै सदस्यहरु बीच अन्तरक्रिया पनि गरिएको थियो । सदस्यहरुले संस्थाले प्रदान गर्ने सेवा तथा सुविधाहरुको बारेमा जिज्ञासा राखेका थिए । सदस्यहरुबाट आएको जिज्ञासालाई संस्थाका सचिव विकल्प पाठक र व्यवस्थापनले जवाफ दिनुभएको थियो  ।

कार्यक्रममा सञ्चालक समिति, लेखा समिति सुपरीवेक्षण समितिका पदाधिकारीहरु, सल्लाहकार, उच्च व्यवस्थापनका कर्मचारीहरूको पनि उपस्थिती रहेको थियो ।

माघ २६ गते सम्पर्क कार्यालय काँडाघारी अन्तर्गतका सदस्यहरुबीच सदस्य शिक्षा तथा विस्तारित मञ्च कार्यक्रम आयोजना गरिएको थियो । संस्थाले हरेक वर्ष सदस्यहरु बीचमा यस्तो कार्यक्रम गर्दै आएको छ ।