मैले लगेको ऋण अर्को सदस्यको बचत हो भनि ऋण तिर्नु भद्रपुर नगरपालीका

मैले लगेको ऋण अर्को सदस्यको बचत हो भनि ऋण तिर्नु भद्रपुर नगरपालीका
समाचार | 2024-06-17 Share


काठमाण्डौ । झापा जिल्लाको भद्रपुर नगरपालिकाले सहकारी संस्थावाट ऋण लिने सदस्यहरुका लागि समय सिमा भित्र ऋणको साँवा र ब्याज तिर्न अनुरोध गरेको छ । नगरपालिकाले एक सूचना प्रकाशन गरी सहकारीवाट ऋण लिएर तोकीएको समय भित्र नतिर्दा बचत कर्ता सदस्यहरुको बचत फिर्ता गर्न असहज भएको भनि झापा जिल्ला सहकारी संघ र नगर स्तरिय सहकारी समन्वय समितिको अनुरोधमा सूचना प्रकाशन गरीएको जनाइएको छ । सहकारीवाट ऋण लगी विभिन्न बाहना बनाएर ऋण नतिर्दा गम्भीर समस्या आउने हुँदा समय सिमा भित्र ऋण तिर्न भनिएको हो । यदी कोही कसैले ऋण नतिरी वा तिर्न अटेर गरी सम्र्पकमा नआउने ऋणीहरुको नाम सार्वजानिक गर्नुका साथै सहकारी ऐन २०७४ तथा नियमावली २०७५,कोशी प्रदेशको सहकारी ऐन २०७६ र भद्रपुर नगरपालीका सहकारी ऐन २०७६ तथा प्रचलित कानुन बमोजिम  कारर्वाही गर्ने सूचनामा उल्लख छ ।