सहारा नेपाल साकोसको कुल सम्पति १७ अर्व १८ करोड पुग्यो

सहारा नेपाल साकोसको कुल सम्पति १७ अर्व १८ करोड पुग्यो
समाचार | 2024-10-24 Share

काठमाडौं । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले ७१ हजार सदस्यलाई ऋण प्रवाह गरेको छ ।

संस्थाका १ लाख ८४ हजार ८२३ सदस्य मध्ये ७१ हजार २५२ जनाले संस्थाबाट विभिन्न शिर्षकमा ऋण सेवा लिएका छन् । संस्थाले प्रकाशन गरेको असोज मसान्तसम्मको वित्तिय विवरण अनुसार ६ वटा जिल्ला कार्यक्षेत्र रहेको संस्थाको शेयर पूँजी १ अर्ब ६९ करोड ५८ लाख ९० हजार ६ सय रुपैंयाँ रहेको छ ।

त्यसैगरी संस्थाको जगेडा कोषमा १ अर्ब २६ करोड १३ लाख ७९ हजार ७३४ रुपैंयाँ तथा विभिन्न कोषहरुमा १ अर्ब १ करोड १० लाख ७७ हजार ५७९ रुपैंयाँ रहेको जनाइएको छ ।

त्यसैगरी संस्थाले १३ अर्ब १५ करोड ६ लाख ४ हजार २९५ रुपैंयाँ बचत संकलन गरी ११ अर्ब १२ करोड ४९ लाख ८२९ रुपैंयाँ ऋण लगानी गरेको जनाएको छ ।

बाह्य ऋण शुन्य रहेको संस्थाको पूँजी १ अर्ब २९ करोड ८८ लाख ५१ हजार ७८० रुपैंयाँ र १७ अर्ब १८ करोड ४४ लाख १५ हजार २०१ रुपैंयाँ कूल सम्पति रहेको छ । संस्थामा ४ अर्ब १२ करोड ३८ लाख ४३ हजार ७२५ रुपैंयाँ अर्थात ३१.३५ प्रतिशत तरलता रहेको जनाइएको छ ।