महासंघले कात्तिक ११ र १२ गते सहकारी सम्बन्धी नीति सम्वाद कार्यक्रम गर्ने

महासंघले कात्तिक ११ र १२ गते सहकारी सम्बन्धी नीति सम्वाद कार्यक्रम गर्ने
समाचार | 2024-10-24 Share

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारी क्षेत्रमा देखिएका समस्याको समाधान र नीतिगत सुधारका लागि कात्तिक ११ र १२ गते नीति सम्माद कार्यक्रम गर्ने भएको छ ।

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना गर्ने दुई दिने सहकारी सवाल सम्बन्धी नीति संवाद कार्यक्रमको तयारी पुरा भएको महासंघले जनाएको छ ।

सहकारी क्षेत्रको हालको नीतिगत र कानूनी अवस्थाको समीक्षा गर्दै यसलाई देशको अर्थतन्त्रको महत्वपूर्ण खम्बा बनाउन आवश्यक सुधार पहिचान गर्ने मुख्य उद्देश्यले कार्यक्रम गर्न लागेको जनाएको छ । 

नेपाल राष्ट्र बैंकको कर्जा सूचना केन्द्र र विद्यमान निक्षेप तथा कर्जा सुरक्षण कोषमा सहकारीलाई समावेश गर्ने तथा सहकारीको नियमन र सुपरिवेक्षण निकाय (एसटीआई) गठन सम्बन्धी विषयमा भएको सहमतिलाई अघि बढाउन पहल गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको महासंघले उल्लेख गरेको छ ।

कार्यक्रममा संघ, प्रदेश, र स्थानीय तहका प्रतिनिधि, सहकारी अभियन्ता, नियामक निकाय, नेपाल राष्ट्र बैंकका प्रतिनिधि, राजनीतिक दलका नेता र सातै प्रदेशका सहकारीकर्मीको सहभागिता रहने महासंघले जनाएको छ । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको प्रमुख आतिथ्य रहने कार्यक्रमलाई सहकारी बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन समितिका सभापति सूर्य थापाले विशेष सम्वोधनग गर्ने जनाईएको छ । कार्यक्रममा पूर्व अर्थ सचिव रामेश्वर खनाल प्रमुख वक्ताको भूमिकामा रहने कार्यतालिक रहेको छ ।