महासंघका महाप्रबन्धक थापाद्वारा पदभार ग्रहण

महासंघका महाप्रबन्धक थापाद्वारा पदभार ग्रहण
समाचार | 2025-01-16 Share

ललितपुर । राष्ट्रिय सहकारी महासंघका नवनियुक्त महाप्रबन्धक सुरेश थापाले पदभार ग्रहण गरेका छन् । 

महासंघका कार्यवाहक अध्यक्ष रमेश प्रसाद पोखरेल, उपाध्यक्ष खेम पाठक, संचालक टेकप्रसाद चौलागाईं र निवर्तमान महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङको उपस्थितिमा उनले बुधबार पदभार ग्रहण गरेका हुन् ।

कार्यवाहक अध्यक्ष पोखरेलले आगामी चार बर्षे कार्यकाल सहकारी अभियानका लागि उपलब्धीपूर्ण हुने विश्वास व्यक्त गर्दै शुभकामना व्यक्त गरे । 

पदभार ग्रहण गर्दै महाप्रबन्धक थापाले आगामी १० दिनभित्र सहकारीमा पछिल्लो समय सहकारी अभियानमा सिर्जना भएका नीतिगत व्यवस्थाका विषयमा आवश्यक छलफल गरी साझा धारणा तय गर्ने प्रतिबद्धता व्यक्त गरे । 

पदभारग्रहण गरेपछि महासंघका कर्मचारीहरुले महाप्रबन्धक थापालाई शुभकामना व्यक्त गरेका थिए । 

काभ्रे पनौती नगरपालिका निवासी थापा सन् २०१४ नोभेमबरमा अधिकृतका रुपमा महासंघमा प्रवेश गरेका थिए । सन् २०२२ मा उनी नायव महाप्रबन्धमा नियुक्त भएका थिए ।