ग्लोबल मनी विक २०२५ को अवसरमा दियो नेचुरल साकोसले विद्यार्थीलाई वित्तिय शिक्षा

काठमाडौं । नेचुरल बचत तथा ऋण सहकारी संस्थाले ‘ग्लोबल मनी वीक २०२५’ को अवसरमा विद्यार्थीलाई वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ।
संस्थाले चैत ६ गते बुधबार शंखरापुर ६, साँखुमा रहेको भाग्योदय माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रम गरेको हो ।
वित्तिय शिक्षा अभिमुखीकरण कार्यक्रममा ८५ जना विद्यार्थीको सभागिता रहेको संस्थाकी प्रशासन प्रमुख सृजना पण्डितले जानकारी दिइन्।उनले कार्यक्रममा ग्लोबल मनी वीक, बचतको महत्व र सुरक्षित कारोबारका विषयमा विद्यार्थीहरुसँग अन्तरक्रिया समेत गरिएको जनाइन् ।
यसै अवसरमा संस्थाले नियमितरुपमा सरकारी विद्यालयका विद्यार्थीहरुसंग वित्तिय साक्षरता कार्यक्रम गर्ने प्रशासन प्रमुख पण्डितले जानकारी दिइन ।
कार्यक्रममा संस्थाका सचिव विकल्प पाठकले विद्यार्थीहरुलाई पैसाको महत्व, बचत गर्ने तरिका, वित्तीय अनुशासन, पारिवारिक बजेट, सहकारी लगायतका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा संस्थाका प्रबन्धक घनश्याम नेपाल, साँखु सेवा केन्द्रका प्रमुख श्रीलाल श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक रुषन बसी लगायत शिक्षक शिक्षिकाको उपस्थिती रहेको थियो ।
नेपाल राष्ट्र बैंकको मार्गदर्शनमा नेपालमा यहि चैत्र ४ देखि १० गतेसम्म १३ औं श्रृंखलाको ग्लोबल मनी वीक २०२५ सञ्चालन भईरहेको छ।
बालबालिका र यूवाहरुमा वित्तिय साक्षरता अभिवृद्धि गर्दै वित्तिय ज्ञान, शीप मनोवृत्ति र व्यवहारको विकास गर्ने उद्धेश्यका साथ Organization of Economic Cooperation and Development (OECD) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष ग्लोवल मनी वीक विश्वभर मनाउँदै आएको छ । यस वर्षको नाराका रूपमा “Think before you follow, wise money tomorrow” रहेको छ।