सहकारीलाई सरकारको हस्तक्षेप र राजनीतिबाट जोगाउनु पर्छः दिपक प्रकाश बाँस्कोटा

सहकारीलाई सरकारको हस्तक्षेप र राजनीतिबाट जोगाउनु पर्छः दिपक प्रकाश बाँस्कोटा
समाचार | 2025-04-15 Share

राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष दिपक प्रकाश बाँस्कोटाले सरकारको हस्तक्षेप र राजनीतिबाट सहकारीलाई जोगाउनु पर्ने बताएका छन् ।

पाँच तारा सहकारी संस्थाको १७ औं बार्षिकोत्सवको अवसरमा  प्रमुख अथितिको रुपमा बोल्दै उनले सहकारी फेरी सरकारको पोल्टामा जाने खतरा रहेको बताए । केही  सहकारी संस्थाले गरेको वित्तीय अपचलनका कारण सहकारीको स्वायत्तता र स्वःनियमनलाई मार्ने गरी सरकार अगाडि बढको भन्दै त्यसबाट सहकारी क्षेत्रलाई जोगाउन उनको आग्रह छ ।

सहकारी संस्थाले घर जग्गा खरिद र ठुलो वासलात बनाउनेतर्फ भन्दा पनि सहकारी मूल्य, मान्यता र सिद्धान्त अनुसार संस्थालाई अगाडि लैजानु पर्नेमा उनको जोड छ ।

सुशासनका नाममा सहकारी माथि सरकारको हस्तक्षेप सुरु भएको भन्दै बाँस्कोटाले त्यसबाट सहकारीलाई जोगाउन सबै पक्ष लाग्नुपर्ने  उनले बताए । सहकारी मूल्य मान्यता बाहिर गएर केही व्यक्तिले सहकारी संस्थाको बचतलाई ब्रह्मलुट गरेको उनले बताए ।

सहकारीमा लागेर राजनीतिककरण,सामाजिक अपराध र भ्रष्टचार नगर्न उनको सुझाव छ । सहकारीले अध्यादेश मार्फत सहकारी ऐन परिमार्जन गरी राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गरेको भए पनि प्राधिकरणको अध्यक्ष मन्त्रालयका सचिव नै भएकाले नियमन तथा अनुगमन प्रभावकारी नहुने उनले जनाए । उनले हिजो पनि सरकारले नै सहकारीको अनुगमन गरेको र आज पनि सरकारले नै गर्ने भन्दै प्रभावकारी अनुगमन हुनेमा आशंका गरे।

कुल सहकारी मध्ये १ प्रतिशत सहकारी संस्थामा समस्या आउँदा सिगों सहकारी अभियानको इमेज धमिलो भएको भन्दै यसलाई सङ्ल्याउन सबै पक्ष लाग्नु पर्नेमा उनको जोड छ । पाँच तारा सहकारीमा महिला सहभागिता उल्लेख रहेको भन्दै उनले महिलाको संख्यालाई अझ बढाउन उनको सुझाव छ। महिलाहरु वित्तीय रुपमा अनुशासित हुने र उनीहरुले सञ्चालन गरेको संस्था सुरक्षित रेहको उनको भनाई छ ।

पाँच तारा सहकारीले बचत ऋणको मात्र कारोबार नगरी समुदाय र समाजको लागि समेत उल्लेख योगदान गरेकोमा बाँस्कोटाले खुलेर प्रशंसा गरे ।

कार्यक्रमका विशिष्ट अथिति तथा सहकारी महासंघका निवर्तमान अध्यक्ष मिनराज कँडेलले मुलुकमा रहेका कुल सहकारी मध्ये ६५ प्रतिशत सहकारी संस्थाले वित्तीय कारोबार गर्दै आएको बताए । उनले ३१ हजार सहकारी मध्ये डेढ दुई सय सहकारी संस्थामा मात्र समस्या आएको र बाँकी सहकारीले समाजमा राम्रो काम गरेको उनले जनाए ।

संविधानले अर्थतन्त्रको ३ मध्ये एउटा खम्बाको रुपमा सहकारीलाई लिएको र सहकारीले सोही अनुसार काम गर्नुपर्नेमा उनको जोड छ । विगतमा नियमन तथा अनुगमन प्रभावकारी नहुँदा सहकारीमा समस्या आएको भन्दै कँडेलले अव सहकारीहरुले मर्यादित भएर बित्तीय कारोबार गर्नुपर्ने बताए ।

संस्थाका अध्यक्ष भाेला नाथ पाठकले २०६४ साल चैत्र २० गते संस्था दर्ता गरी बैशाख १ गतेबाट वित्तीय कारोबार सुरु गरेको बताए । उनले संस्था स्थापना गरेको बर्षबाट नै सहकारी अभियान्तालाई सम्मान गर्ने कार्यको थालनी गरेको जानकारी दिए ।

अध्यक्ष पाठकले संस्था स्थापना गरेको बर्षमा नै अग्रजको सम्मान गर्ने सोच आएको र सञ्चालक समितिको बैठकबाट निर्णय गरी उक्त कार्यलाई अगाडि बढाएको जनाए । उनले यस पटकको सम्मान १६ औं भएको बताए । संस्थाले चिनजान र सहयोग गर्नेहरुलाई नभई सहकारी अभियानमा योगदान गर्ने व्यक्तिहरुको पहिचान गरेर सम्मान गर्दै आएको अध्यक्ष पाठकले जानकारी दिए ।