लोकेश्वर साकोसमा आधारभूत बाँसुरी बाजा प्रशिक्षण शुभारम्भ

भक्तपुर । लोकेश्वर बचत तथा ऋण सहकारी संस्थाको साँस्कृतिक उप–समितिको आयोजनामा आधारभूत बाँसुरी बाजा प्रशिक्षण शुभारम्भ भएको छ ।
आईतबार प्रशिक्षणको औपचारिक कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष राजन जतिले हामीले सिकेको कुनैपनि सीपलाई आफूसँग मात्र सीमित नराखी निरन्तररुपमा उपयोग गर्दै जानुपर्ने कुरा बताए ।
साथै संस्थाले स्थापनाकाल देखि विभिन्न साँस्कृतिक र शिपमूलक तालिमहरु संचालन गर्दै सदस्यहरुलाई शिक्षा दिँदै आएको बताए ।
समुदायमा आधारित सहकारीहरुले समाजलाई नै अगाडि बढाउने किसिमको कार्यक्रम गर्दै जानुपर्ने कुरा राख्दै प्रशिक्षणमा सहभागी सबैले राम्रोसँग सिक्न सकोस भनि शुभकामना व्यक्त गरे ।
उक्त प्रशिक्षणका प्रशिक्षक रभिम कपालीले भक्तपुरको मूर्त तथा अमूर्त सम्पदाहरुको महत्वकाबारेमा बताए । ‘बाँसुरी बाजा हाम्रो परापूर्व कालदेखि नै एक पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण हुँदै आएको र यो एक अमूर्त सम्पदाको रुपमा विकास भएकोले यसलाई हामीले यसरी नै संघ, संस्था मार्फत निरन्तर रुपमा सिकाउदै अगाडि लानुपर्छ,’ उनले भने ।
आयोजक उपसमितिका संयोजक एवं कार्यक्रमका सभापति कमलश्वरी सुवालले प्रशिक्षार्थीहरुलाई प्रशिक्षण समयमा धैर्य, सम्य र आत्मविश्वसका साथ सिक्न सुझाव दिए ।
कार्यक्रममा आयोजक उपसमितिका सदस्य दिलप्रसाद सुवाल र एल.के सुन्दर कर्माचार्यले पनि विचार राखेका थिए । प्रशिक्षणमा २५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।