राम्रो काम गर्ने सहकारीको प्रचार भएन मन्त्री पौडेल

राम्रो काम गर्ने सहकारीको प्रचार भएन मन्त्री पौडेल
समाचार | 2025-12-12 Share

काठमाण्डौ । बागमती प्रदेश सहकारी तथा गरिवि निवारण मन्त्री विनु रायमाझि पौडेलले केही गलत नियत भएका सहकारीहरुका कारण सिंगो सहकारी अभियान माथिनै विस्वामको संकट परेको अवस्था रहेको बताउनु भयो । आज बागमती प्रदेश सहकारी संघको पाँचौ वार्षिक साधारण सभामा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । उहाँले भन्नु भयो अहिले गलत काम गर्ने सहकारीको बढि प्रचार भएको अवस्था छ । धेरै सहकारीहरुले राम्रा कामहरु पनि गरेका छन् तर त्यो प्रचार हुँन सकेको अवस्था छैन् राम्रो काम गर्ने सहकारीहरुले गरेका कामको प्रचार प्रसार यस संघ लगाएत सबैले गर्नु पर्ने उहाँको जोड थियो । उहाँका अनुसार सहकारी भनेको आफ्नो गाँउ समजको आर्थिक सामाजिक र साँस्कृतिक पक्षको रुपान्तरण गर्ने र गरिवि न्यूनिकरण गर्ने अभियान हो तेस कारण अभियान र राज्यले तेस तर्फ विभिन्न कार्यक्रमहरु संचालन गरी लाग्नु पर्ने जोड दिनु भयो । । अहिले नियत खराव भएका सहकारीहरुले विभिन्न लोभ तथा प्रलोभन देखायर सहकारी संचालन गर्नाले समुदाय र सदस्य केन्द्रित राम्रा सहकारीहरुलाई समस्या भएको उहाँको भनाइ रहेको थियो । बागमती प्रदेश भित्रका सहकारीको प्रवद्र्धन गर्न मन्त्रालय जहिले पनि समन्वय र सहयोग गर्न प्रतिवद्ध रहेको मन्त्री पौडेलको भनाइ थियो । 
बागमती प्रदेश सहकारी संघको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न  भएको छ ।  संघका अध्यक्ष  रामशरण शर्मा घिमिरेको अध्यक्षतामा भएको साधारण सभाको 
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका कार्यबाहक अध्यक्ष रमेश प्रसाद पोखरेल, संस्थापक अध्यक्ष दीपक प्रकाश बाँस्कोटा र पूर्व अध्यक्ष केशव बडाल लगायतले शुभकाना मन्तव्य राखेका थिए । संघले साधारण सभाको अवसरमा विभिन्न विधामा संघ संस्था र व्यक्तिलाई सम्मान गरेको थियो । सभामा बोल्दै उनीहरुले सहकारीका नाम गैर सहकारी व्यक्तिहरुले संस्था सञ्चालन गर्दा यो क्षेत्रमा समस्या आएको बताए । सहकारीमा केही लोभी पापी व्यक्तिहरुको प्रवेश भएको भन्दै सरकारले समयमा त्यसलाई रोक्न नसकेको उनीहरुको जिकिर थियो । सहकारी मुल्य, मान्यता र सिद्धान्त विपरित सञ्चालित सहकारीलाई सरकारले समयमा कारवाही गर्न नसकेको उनीहरुको आरोप छ । सहकारी दर्ता दिने तर कसरी सञ्चालन भइराखेको छ भनेर नहेर्ने प्रवृतिका कारण यो क्षेत्रमा समस्या आएको वक्ताहरुको भनाई छ । सरकार सहकारीको भावनालाई कुन्ठित गर्ने गरी अगाडि बढेको भन्दै त्यसको विरोध समेत उनीहरुले गरे । 
संघका सचिव देवराज न्यौपानेले सञ्चालन गरेको सभामा वरिष्ठ उपाध्यक्ष जगतलाल महर्जनले स्वागत मन्तव्य, महासचिव नेत्रराज पौडेलले संघको नीति तथा कार्यक्रम, कोषाध्यक्ष शम्भुलाल श्रेष्ठले कार्यक्रम तथा बजेट, लेखा सुपरीवेक्षण समितिका संयोजक विकल्प पाठकले उक्त समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसररमा सहकारी अभियान्ता विधामा राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशव बडाल, प्रदेश उत्कृष्ट संघमा जिल्ला सहकारी संघ काभ्रे, प्रदेश उत्कृष्ट संस्थामा मिलिजुली बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सिन्धुली र प्रदेश उत्कृष्ट महिला सहकारी संस्थामा सक्रिय महिला बचत तथा ऋण सहकारी संस्था, मकवानपुरलाई सम्मान गरिएको थियो ।

त्यसैगरी प्रदेश उत्कृष्ट संघ व्यवस्थापकतर्फ ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका व्यवस्थापक सन्तोष बजगाईं, प्रदेश उत्कृष्ट संस्था व्यवस्थापकमा चन्द्रागिरी साकोसका प्रमुख कार्यकारी अधिकृत  कृष्ण कुमार श्रेष्ठ, प्रदेश उत्कृट सहकारी पदाधिकारीरसञ्चालकमा मन्थली साकोसका अध्यक्ष गोविन्द प्रसाद घिमिरे र सहकारी संचारकर्मी विधामा सहकारी सञ्चार डटकमका प्रधान सम्पादक अर्जुन खतिवडालाई सम्मान पत्र प्रदान गरिएको थियो।  त्यसैगरी संघको पूर्व कर्मचारी सन्तोष बजागाईं र प्राविधिक सहयोगी महेन्द्र प्रसाद भट्टराईलाई प्रमुख अतिथि मन्त्री पौडेलले  कदर पत्रद्वारा सम्मान गरेकी थिइन् ।  संघले बागमती प्रदेश  सहकारी तथा गरिबी निवारण मन्त्रालय लगायत विभिन्न संघसंस्था र निकायको सहयोगमा प्रकाशित गरेको ‘बागमती स्मारिका २०८२’ समेत  विमोचन गरिएको थियो ।