जेष्ट आइडियोलोजी साकोसवाट राज्यलाई १ करोड ४१ लाख राजश्वमा योगदान
काठमाण्डौ । न्यूरोडमा मुख्य कार्यालय रहेको जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १ करोड ४१ लाख ६३ हजार रुपैया नेपाल सरकारको राजश्वमा योगदान गरेको छ । संस्थाको १६ औं वार्षिक साधारण सभाको अवसरमा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष एवं सभाका सभापति हेम बहादुर कार्कीले साधारण सभा समक्ष जानकारी गराउनु भयो । बबहरमहल स्थित कार्की बैकेटमा आयोजित कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेड काठमाण्डौंका माहासचिव बाल कुमार वाँस्तोला,सहकारी हकहित राष्ट्रिय समाजका अध्यक्ष गोविन्द गिरि,संस्थाका निर्वतमा अध्यक्ष लगाएत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । आर्थिक वर्ष २०८१÷०८२ को प्रतिवेदन प्रस्तुत गर्नु हुदै अध्यक्ष कार्कीले संस्थाको शेयर पूँजि ९ करोड ८५ लाख ८० हजार रुपैया, निक्षेप संकलन १ अर्व ५० करोड ९१ लाख ७८ हजार रुपैया, ऋण लागानी १ अर्व ६७ करोड ५९ लाख ९९ हजार रहेको जानकारी दिनुभयो तेस्तै संस्थाको जगेडा कोषमा १८ करोड ८१ लाख ७८ हजार जम्मा भएको र अन्य विभिन्न कोषहरु समेत गरी कुल पूँजि कोषमा ४२ करोड १६ लाख १८ हजार रहेको छ भने संस्थाले आ.व. २०८१÷०८२ मा ५ करोड ३९ लाख २८ हजार खुद नाफा गरेको जानकारी समेत दिनुभायो । संस्थाले आफ्ना सदस्यहरुलाई समय सापेक्षित विधुतिय माध्यमबाट तालिम तथा प्रशिक्षण गर्दै आइरहेको बताउनु भयो । साधारण सभाको अवसर पारेर उत्कृष्ट कर्मचारी सम्मानमा संचालन अधिकृत हरि कृष्ण खड्का, संस्थामा १५ वर्ष सम्म उत्कृष्ट कार्य गर्नु हुने नायक प्रमुख कार्यकारी अधिकृत आरती श्रेष्ठ लगाएत संस्थाको विभिन्न विधामा उत्कृष्ट काम गर्ने ११ जना क्रमिक ५ , १० , १५ बर्ष कार्य गर्ने कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो । तेस्तै संस्थामा नियमित बचतमा उत्कृष्ट योगदान गर्नु हुने सदस्य मध्य बाट १५ जनालाई सम्मान गरिएको थियो । साधारण सभामा स्वागत मन्तब्य नायक प्रमुख कार्यकारी अधिकृत आरती श्रेष्ठले गर्नु भएको सो कार्यक्रम संचालन संस्थाका सचिव बाबुराम आर्चायले गर्नु भएको थियो । संस्थाले हाल ६६ सय १२ जना सदस्यलाई मुख्य कार्यालय न्यूरोड सदस्य केन्द्र मैतिदेवि र पेप्सीकोला बाट सेवा प्रदान गर्दै आइरहेको छ ।


