सबै सहकारीमा समस्या छैन बागमती प्रदेश रजिष्ट्रारः प्रदिप राज पौडेल

सबै सहकारीमा समस्या छैन बागमती प्रदेश रजिष्ट्रारः प्रदिप राज पौडेल
समाचार | 2025-12-12 Share


काठमाण्डौं । बागमती प्रदेश सहकारी तथा गरिवि निवारण मन्त्रालय सहकारी माहाशाखा रजिष्ट्रार प्रदिपराज पौडेलले सबै सहकारीमा समस्या नरहेको र राम्रो काम गर्ने सहकारकिो प्रचार नगर्नाले सहकारी प्रति आम जनमानसमा विश्वास गुमेका बताउनु भयो । उहाँले बागमती प्रदेश सहकारी संघ लिमिटेडको पाँचौ वार्षिक साधारण सभामा उक्त कुरा बताउनु भएको हो । उहाँले भन्नु भयो केही सहकारीहरुले सहकारी मूल्य,मान्यता र सिद्धान्त विपरित मनोमानी झोलावाट कारोवार गर्दा समस्या आएको अवस्था हो यस्ता खालका समस्या समाधान गर्नमा बागमती प्रदेश सहकारी संघको भूमिका महत्वपूर्ण रहने जिकिर समेत गर्नु भयो । अहिले बागमती प्रदेश नियमक क्षेत्रभित्र करिव ३२३० सहकारी संघ÷ संस्थाहरु रहेका छन् तेस मध्ये केहीमा समस्या आएको अवस्था छ हामीले कानुन विपरित काम गर्ने सहकारीहरुलाई कानुनी कारबाही समेत गरेका छौं भने केहीले बचत फिर्ता गर्दै आएको जानकारी समेत गराएको जानकारी दिनु भयो । सोही कार्यक्रममा बोल्दै रजिष्ट्रार पौडेलले बागमती प्रदेश रजिष्ट्रार कार्यालय छिटै स्थापना हुने र सहकारीहरुको नियमन र प्रवद्र्धन गर्न सहज हुने बताउनु भयो । उहाँका अनुसार बागमती प्रदेश सहकारी तथा गरिवि निवारण मन्त्रालय सहकारी माहाशाखावाट विभिन्न खालका निर्देशन तथा मापदण्ड जारी गरिएको छ सो को परिपालना गर्न सबै सहकारी संघ÷ संस्थाहरुलाई अनुसरोध गर्दै परिपालना नगर्ने सहकारीलाई कानुनी कारवाही समेत गर्ने उहाँले बताउनु भयो । 
संघका अध्यक्ष  रामशरण शर्मा घिमिरेको अध्यक्षतामा भएको साधारण सभाको 
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका कार्यबाहक अध्यक्ष रमेश प्रसाद पोखरेल, संस्थापक अध्यक्ष दीपक प्रकाश बाँस्कोटा र पूर्व अध्यक्ष केशव बडाल लगायतले शुभकाना मन्तव्य राखेका थिए । संघले साधारण सभाको अवसरमा विभिन्न विधामा संघ संस्था र व्यक्तिलाई सम्मान गरेको थियो । सभामा बोल्दै उनीहरुले सहकारीका नाम गैर सहकारी व्यक्तिहरुले संस्था सञ्चालन गर्दा यो क्षेत्रमा समस्या आएको बताए । सहकारीमा केही लोभी पापी व्यक्तिहरुको प्रवेश भएको भन्दै सरकारले समयमा त्यसलाई रोक्न नसकेको उनीहरुको जिकिर थियो । सहकारी मुल्य, मान्यता र सिद्धान्त विपरित सञ्चालित सहकारीलाई सरकारले समयमा कारवाही गर्न नसकेको उनीहरुको आरोप छ । सहकारी दर्ता दिने तर कसरी सञ्चालन भइराखेको छ भनेर नहेर्ने प्रवृतिका कारण यो क्षेत्रमा समस्या आएको वक्ताहरुको भनाई छ । सरकार सहकारीको भावनालाई कुन्ठित गर्ने गरी अगाडि बढेको भन्दै त्यसको विरोध समेत उनीहरुले गरे । 
संघका सचिव देवराज न्यौपानेले सञ्चालन गरेको सभामा वरिष्ठ उपाध्यक्ष जगतलाल महर्जनले स्वागत मन्तव्य, महासचिव नेत्रराज पौडेलले संघको नीति तथा कार्यक्रम, कोषाध्यक्ष शम्भुलाल श्रेष्ठले कार्यक्रम तथा बजेट, लेखा सुपरीवेक्षण समितिका संयोजक विकल्प पाठकले उक्त समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसररमा सहकारी अभियान्ता विधामा राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशव बडाल, प्रदेश उत्कृष्ट संघमा जिल्ला सहकारी संघ काभ्रे, प्रदेश उत्कृष्ट संस्थामा मिलिजुली बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सिन्धुली र प्रदेश उत्कृष्ट महिला सहकारी संस्थामा सक्रिय महिला बचत तथा ऋण सहकारी संस्था, मकवानपुरलाई सम्मान गरिएको थियो ।

त्यसैगरी प्रदेश उत्कृष्ट संघ व्यवस्थापकतर्फ ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका व्यवस्थापक सन्तोष बजगाईं, प्रदेश उत्कृष्ट संस्था व्यवस्थापकमा चन्द्रागिरी साकोसका प्रमुख कार्यकारी अधिकृत  कृष्ण कुमार श्रेष्ठ, प्रदेश उत्कृट सहकारी पदाधिकारीरसञ्चालकमा मन्थली साकोसका अध्यक्ष गोविन्द प्रसाद घिमिरे र सहकारी संचारकर्मी विधामा सहकारी सञ्चार डटकमका प्रधान सम्पादक अर्जुन खतिवडालाई सम्मान पत्र प्रदान गरिएको थियो।  त्यसैगरी संघको पूर्व कर्मचारी सन्तोष बजागाईं र प्राविधिक सहयोगी महेन्द्र प्रसाद भट्टराईलाई प्रमुख अतिथि मन्त्री पौडेलले  कदर पत्रद्वारा सम्मान गरेकी थिइन् ।  संघले बागमती प्रदेश  सहकारी तथा गरिबी निवारण मन्त्रालय लगायत विभिन्न संघसंस्था र निकायको सहयोगमा प्रकाशित गरेको ‘बागमती स्मारिका २०८२’ समेत  विमोचन गरिएको थियो ।