सज्जन महिला साकोसको अध्यक्षमा कमला ढुंगाना गिरि निर्वाचित

सज्जन महिला साकोसको अध्यक्षमा कमला ढुंगाना गिरि निर्वाचित
समाचार | 2025-12-14 Share

 


काठमाण्डौं । सज्जन महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा कमला ढुंगाना गिरि निर्वाचित हुन भएको छ । इन्टरनेश्नल जोसेफ पब्लिक स्कुलमा सम्पन्न भएको १६ औं वार्षिक साधारण सभावाट ढुंगाना निर्वाचित हुन भएको हो । तेस्तै साधारण सभाले उपाध्यक्षमा कमला खनाल बोगटी,सचिव गंगा लामा र कोषाध्यक्ष खुमा पाण्डेलाई निर्वाचित गरेको  थियो  । सभाले सदस्यहरुमा क्रमश इन्द्र जमकटेल,सञ्जु चौधरी,चन्द्रमा अधिकारी,बबि अधिकारी र यमुना बस्नेतलाई निर्वातित गरेको हो । उक्त साधारण सभाले गिता देवि खतिवडाको संयोजकत्वमा तिन सदस्यीय लेखा सुपरिवेक्षण समिति समेत निर्वाचित गरेको छ जस्को सदस्यमा पुजा मल्ल ठकुरी र पवित्रा सिम्खडा जमकटेलाई चयन गरेको हो । 
साधारण सभाको अध्यक्षता सिमा पुरीको सभापतित्वमा भएको उक्त सभा नियमकीय मापदण्डको पालना गर्दै अतिथि रहित संस्थाका सदस्यहरुको सक्रिय सहभागितामा सम्पन्न गरीएको थियो । संस्थाले साधारण सभाको अवसर पारेर विभिन्न विधामा जेष्ठ सदस्य तर्फ चन्द्र माया मानन्धर,बाल बचत तर्फ सानवी शाही,नियमित बचत तर्फ लक्ष्मी खत्रि,उद्यमि तर्फ सलिना लामा,असल ऋऋी तर्फ बिवेक ढुंगाना र उत्कृष्ठ वर्ष कर्मचारी सुमित्रा पाण्डेयलाई सम्मना गरीएको थियो । संस्थाले हाल सेयर पूँजि  १ करोड ५९ लाख ६१ हजार ४ सय रुपैया ,निक्षेप तर्फ ११ करोड ४५ लाख ४३ हजार ४ सय २८ रुपैया,ऋण लगानी ९ करोड ५५ लाख ८३ हजार ८ सय रुपैया र जगेडा केषमा १ करोड १९ लाख २५ हजार ८ सय रुपैया भएको जानकारी गराइएको थियो । संस्थाले हाल १६८९ सदस्यहरुलाइ वित्तिय सेवा दिदै आएको छ ।