पुष्पाञ्जली साकोसको सोह्रौं वार्षिक साधारण सभा सम्पन्न

पुष्पाञ्जली साकोसको सोह्रौं वार्षिक साधारण सभा सम्पन्न
समाचार | 2026-01-13 Share

ललितपुर । गोदावरी–११, चापागाउँमा रहेको पुष्पाञ्जली बचत तथा ऋण सहकारी संस्थाको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

स्थानीय बज्रबाराही पार्टी प्यालेसमा पुस १२ गते संचालन भएको सभा संस्थाका अध्यक्ष नवराज घिमिरेको सभापतित्वमा सम्पन्न भएको हो ।

साधारण सभाको पहिलो सत्रमा केन्द्रीय पर्यटन सहकारी संघका कोषाध्यक्ष रुपेश तिमल्सिनाले सहभागीलाई प्रशिक्षण प्रदान गरेका थिए ।

कार्यक्रममा गोदावरी नगरपालिका वडा नं. ११ का वडाध्यक्ष निल बहादुर देशार, बागमती प्रदेश सहकारी संघका रुपक घिमिरे, संस्थाका संस्थापक अध्यक्ष एवं सल्लाहकार अमृत बहादुर राई, संस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकार रामहरी घिमिरे लगायत स्थानीय शुभेच्छुक संघ संस्थाका प्रतिनिधिहरु अतिथि रहेका थिए ।

संस्थाका सचिव सोम प्रसाद घिमिरेले संचालन गरेको समारोहमा उपाध्यक्ष मुक्तिनाथा तिमल्सिनाले स्वागत मन्तव्य राखेका थिए ।

सभामा संस्थाका अध्यक्ष नवराज घिमिरेले संचालक समितिको तर्फबाट आर्थिक वर्ष (आ.व.) २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरे । साथै कोषाध्यक्ष सुस्मिता दुलालले यस आ.व.को आर्थिक विवरण र चालु आ.व.को प्रस्तावित आय व्ययको प्रतिवेदन पेश गरिन् ।

प्रस्तुत प्रतिवेदन अनुसार गत असार मसान्त सम्ममा संस्थामा सदस्यहरुबाट २ करोड ५ लाख १२ हजार रुपैयाँ शेयर पुँजी र १७ करोड ४३ लाख १ हजार रुपैयाँ बचत संकलन भएको छ । यस अवधिमा संस्थाले सदस्यहरुलाई १९ करोड १९ लाख ६२ हजार रुपैयाँ ऋण लगानी गरेको छ ।

संस्थाको दैनिक कारोबारलाई सुरक्षित बनाउन काउन्टर र भल्टको बिमा गरेको संस्थाले महिला सदस्यलाई व्यवस्थापन शुल्क छुट दिने गरेको छ ।

यस्तै संस्थाले सहभागीको ५० प्रतिशत रकम लगानीमा ज्येष्ठ तथा महिला सदस्यलाई तीर्थाटन, युवाहरुका लागि आन्तरिक पर्यटन र सहकारी अध्ययन भ्रमण कार्यक्रम आयोजना गर्दै आएको छ ।

शेयर सदस्यहरु मध्येबाट नियमित कारोबार गर्ने र संस्थाको प्रवद्र्धनमा अग्रणी भूमिका खेल्ने सदस्यलाई सम्मान गर्ने गरेको छ ।

संस्थाले चालु आ.व. देखि शेयर सदस्य र संचालकहरुबीच सामिप्यता कायम राख्न ‘अध्यक्षसंग मनका कुरा’ र ‘गाउँशहर सदस्य विस्तार कार्यक्रम’ संचालन गर्ने जनाएको छ ।