जन सहभागिता साकोसमा पुनः भट्टराईको अध्यक्षतामा नयाँ संचालक समिति
काठमाडौं । टोखा–२, गोंगबुमा कार्यालय रहेको जन सहभागिता बचत तथा ऋण सहकारी संस्थाको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाले पुनः भेषराज भट्टराई (प्रकाश)को अध्यक्षतामा नयाँ संचालक समिति निर्वाचित गरेको छ ।
पुस २५ गते आयोजित सभाले समितिको उपाध्यक्षमा प्रकाश काफ्ले, सचिवमा श्याम सुन्दर अधिकारी र कोषाध्यक्षमा बाबुराम सुवेदीलाई सर्वसम्मत चयन गरेको हो ।
संचालक समितिमा देवमाया आचार्य, गणेश गिरी, नवराज रुपाखेती, मिना शिवाकोटी र बाबुराम न्यौपानेले पुनः अर्को कार्यकालका लागि सदस्यको जिम्मेवारी प्राप्त गरेका छन् ।
यसैगरी पोष्ट बहादुर खड्का संयोजक रहेको तीन सदस्यीय लेखा सुपरीवेक्षण समितिमा कुल प्रसाद बर्तौला र इन्द श्रेष्ठ सदस्य चयन भएका छन् ।
नयाँ बसपार्क स्थित सौगात पार्टी प्यालेसमा आयोजित कार्यक्रम संस्थाका सचिव श्याम सुन्दर अधिकारीले संचालन गरेका थिए भने उपस्थित शेयर सदस्यहरुलाई संस्थाका उपाध्यक्ष प्रकाश काफ्लेले स्वागत गरेका थिए ।
सभामा सहकारी हकहित राष्ट्रिय समाजका अध्यक्ष गोविन्द गिरीले सहकारीका समसामयिक विषय उठान गर्दै राज्यले पछिल्लो समय जारी गरेका ऐन कानुन र नियामकीय व्यवस्था बारे प्रशिक्षण दिएका थिए ।
साधारण सभामा अध्यक्ष भट्टराईले संचालक समितिको तर्फबाट आर्थिक वर्ष (आ.व.) २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरे ।
उनले संस्था सहकारीका मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै सदस्यहरुको आर्थिक तथा सामाजिक विकासमा निरन्तर क्रियाशील रहँदै आएको जनाए । साथै स्थापना कालदेखि हाल सम्म सदस्यहरुको विश्वास, सहभागिता र सहयोगका कारण स्थायित्व र अनुशासनको बाटोमा अघि बढ्न सकेको प्रतिक्रिया दिए ।
ऋण लगानीमा उत्पन्न हुने जोखिम न्यूनिकरण गर्ने उद्देश्यले अनुगमन तथा मूल्याङ्कन प्रणालीलाई थप सुदृढ गर्नुका साथै आन्तरिक लेखा परीक्षण, नियमित वित्तीय प्रतिवेदन तथा अनुशासित खर्च प्रणाली मार्फत संस्थाको वित्तीय अवस्थालाई सन्तुलित राख्ने प्रयस गरिएको अध्यक्ष भट्टराईको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले हिसाब किताब, तथ्याङ्क व्यवस्था तथा प्रतिवेदन प्रणालीलाई थप व्यवस्थित र पारदर्शी बनाउन आधुनिक सहकारी व्यवस्थापन सफ्टवेयर इजी सफ्टवेयरको नयाँ भर्सन अटो सिस्टम संचालनमा ल्याएको जनाए ।
यसैगरी साधारण सभामा कोषाध्यक्ष बाबुराम सुवेदीले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक पोष्ट बहादुर खड्काले लेखा परीक्षण प्रतिवेदन पेश गरेका थिए ।
सभामा पेश भएको प्रतिवेदन अनुसार गत असार मसान्त सम्म ५ सय ६४ जना शेयर सदस्य आवद्ध भएको संस्थामा शेयर पुँजी ५ करोड ६ लाख ९८ हजार रुपैयाँ कायम भएको छ ।
संस्थाले यस आ.व.मा २७ करोड १५ लाख ६९ हजार रुपैयाँ बचत संकलन गरेर २४ करोड ८४ लाख ८ हजार रुपैयाँ बचत फिर्ता गरेको छ साथै १७ करोड ५४ लाख १० हजार रुपैयाँ ऋण लागानी गरेर ५ करोड ६ लाख ९८ हजार रुपैयाँ ऋण असुली गरेको छ ।
.jpeg)
