सहकारी दिवसको अवसरमा बूढानीलकण्ठमा नगरप्रमुखको नेतृत्वमा प्रभातफेरी

सहकारी दिवसको अवसरमा बूढानीलकण्ठमा नगरप्रमुखको नेतृत्वमा प्रभातफेरी
समाचार | 2024-04-05 Share

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले ६७औं राष्ट्रिय सहकारी दिवस भव्यरुपमा मनाएको छ ।

सहकारी शाखाले ‘सहकारीमा सुशासनः प्रविधि र एकीकरण’ भन्ने थिमका साथ ६७औं राष्ट्रिय सहकारी दिवस भव्यरुपमा मनाएको हो ।

दिवसका दिन चैत्र २० गते नगरपालिकाले नगरप्रमुख मिठाराम अधिकारीको नेतृत्वमा गोल्फुटार बास्केटबल कोर्ट देखि नगरपालिकाको कार्यायल भवन सम्म प्रभातफेरी कार्यक्रम आयोजना गरेको थियो । 

प्रभातफेरी कार्यक्रममा नगर उपप्रमुख अनिता लामा सहित नगरभित्र संचालित सम्पूर्ण सहकारी संस्थाहरु आ–आफ्नो संस्थाको ब्यानर सहित उपस्थित भएका थिए ।

प्रभातफेरी कार्यजक्रम नगरपालिका आईपुगेपछि सभाहल स्थित एक विशेष सभामा परिणत भएको थियो ।

सहकारी दिवसको अवसर पारेर सहकारी शाखाले श्वेतपत्र सहितको सहकारी दर्पण स्मारिका पुस्तक प्रकाशन गरेको छ । सभा नगरप्रमुख मिठाराम अधिकारीले उक्त पुस्तकको बिमोचन गर्नुभएको थियो ।

नगरपालिकाको सभहलमा आयोजित कार्यक्रममा सहकारी संस्था, जनप्रतिनिधि र सहकारी अभियन्ताहरुबीच समसामयिक विषयमा अन्तरक्रिया समेत भएको थियो । अन्तरक्रियाको क्रममा संस्थाहरुले उठाएको प्रतिनिधिमूलक प्रश्न÷जिज्ञासाको जवाफ जनप्रतिनिधि र अभियन्ताहरुले दिएका थिए । 

कार्यक्रममा नगर प्रवक्ता नवराज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत तुलसीराम अर्याल, बागमती प्रदेश सहकारी संघका सदस्य वेदुकाजी घिमिरे, सहकारी हकहित राष्ट्रिय समाजका अध्यक्ष गोविन्द गिरी, जिल्ला सहकारी संघ, काठमाडौंका अध्यक्ष सुमन के.सी., काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून)का संचालक दामोदर पौड्याल लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

सभामा बूढानीलकण्ठ नगरपालिका सहकारी शाखा प्रमुख अच्युत खड्काले कार्यक्रम संचालन गर्नुका साथै प्रशिक्षण समेत दिनुभएको थियो ।