तारकेश्वर नगरपालिकाले विवरण पेश नगर्ने सहकारीलाई कारबाही गर्ने

तारकेश्वर नगरपालिकाले विवरण पेश नगर्ने सहकारीलाई कारबाही गर्ने
समाचार | 2024-05-03 Share

काठमाडौं । तारकेश्वर नगरपालिकाले आफ्नो नियमनमा रहेका सहकारीलाई विवरण पेश गर्न ताकिता गरेको छ ।

नगरपालिकाले एक सूचना प्रकाशित गरेर आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र वार्षिक साधारण सभा सम्पन्न गरेर त्यसको विवरण नबुझाउने सहकारीलाई कारबाही गर्ने चेतावनी दिएको हो ।

नगरपालिकाले गत फागुन १४ गते सूचना प्रकाशित गरेर सहकारीलाई ७ दिनभित्र आर्थिक वर्ष २०७९/८० को विवरण पेश गर्न भनेको हो ।

सहकारीले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र वार्षिक साधारण सभा बोलाउनु पर्ने कानुनी व्यवस्था स्मरण गराउँदै नगरपालिकाले वार्षिक साधारण सभा सम्पन्न गरी नियामक निकायमा पेश गर्नुपर्ने विवरण हालसम्म नबुझाउने सहकारीलाई विवरण पेश गर्न समय तोकेको हो ।

यसैगरी सो विवरण सहकारी तथा गरिवी सम्बन्धी ब्यवस्थापन सूचना प्रणाली (कोपोमिस)मा पनि प्रविष्ट गर्न नगरपालिकाले निर्देशन दिएको छ ।