चन्द्रागिरिमा कोरोना संक्रमितलाई सहयोग गर्न सहकारीको विपद व्यवस्थापन कार्यदल

चन्द्रागिरिमा कोरोना संक्रमितलाई सहयोग गर्न सहकारीको विपद व्यवस्थापन  कार्यदल
समाचार | 2021-05-21 Share

काठमाडौं । चन्द्रागिरि नगर सहकारी समन्वय समितिले विपद व्यवस्थापन कार्यदल गठन गरेको छ ।

नगरपालिकाका विभिन्न वडामा संचालित सहकारीले कोरोना भाईरस (कोभिड–१९) महामारीबाट संक्रमित नगरवासीलाई गर्दै आएको सहयोगलाई संयोजन गर्न कार्यदल गठन गरेको समितिले जनाएको छ ।

समितिले हिजो  (जेठ ६ गते) एक सूचना प्रकाशित गरेर नगरपालिका भित्रका सहकारीलाई कोरोना संक्रमित विरामीलाई समितिमार्फत आर्थिक तथा भौतिक सहयोग गर्न आह्वान गरेको हो ।

छरिएर भन्दा सामूहिकरुपमा गरेको सहयोग प्रभावकारी हुनेभएकाले समितिले एकद्वार प्रणालीमार्फत सहयोग गर्न आग्रह गरेको हो । 

अभौतिक माध्यमबाट संचालिक समितिको पूर्ण बैठकले लेमन श्रेष्ठको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलमा राज भाई महर्जन, राम कुमार महर्जन, अनिता पौडेल, नारायण कृष्ण महर्जन र राजेन्द्र महर्जन सदस्य रहनुभएको छ ।