स्तम्भ बहुउद्देश्यीयको १६औं वार्षिक साधारण सभा सम्पन्न
![स्तम्भ बहुउद्देश्यीयको १६औं वार्षिक साधारण सभा सम्पन्न](/uploads/test/467985-stambha-agm.jpg)
ललितपुर । लगनखेलमा कार्यालय रहेको स्तम्भ बहुउद्देश्यीय सहकारी संस्थाको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कुमारीपाटी स्थित अग्नी पार्टी प्यालेसमा पुस २७ गते आयोजित सभा संस्थका अध्यक्ष धन बहादुर महर्जनको सभापतित्वमा सम्पन्न भएको हो ।
समाजसेवी तथा संस्थाका सल्लाहकार हरिकृष्ण ब्यञ्जनकारको प्रमुख आतिथ्य रहेको कार्यक्रममा तलितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरि बजगाईं विशेष अतिथि रहेका थिए । समारोहमा संस्थाका ज्येष्ठ सदस्य सानुकाजी शाक्य लगायत शुभेच्छुक संस्थाका प्रतिनिधि अतिथि रहेका थिए ।
संस्थाका सचिव राजेन्द्र महर्जनले संचालन गरेको कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीलाई संचालक सदस्य राजेश शाक्यले स्वागत गरेका थिए ।
साधारण सभामा संस्थाका अध्यक्ष धन बहादुर बहादुर महर्जनले संचालक समितिको तर्फबाट आर्थिक वर्ष (आ.व.) २०८०/८१ को वार्षिक प्रतिवेदन र कोषाध्यक्ष अर्जुन महर्जनले आर्थिक प्रतिवेदन पेश गरे । साथै लेखा सुपरीवेक्षण समितिका संयोजक रामलाल महर्जनले लेखा परीक्षण प्रतिवेदन पेश गरे ।
सभामा पेश भएको प्रतिवेदन अनुसार गत असार मसान्त सम्म संस्थामा आवद्ध भएका ९ सय ६ जना शेयर सदस्यबाट १ करोड ८४ लाख ६६ हजार रुपैयाँ शेयर पुँजी संकलन भएको छ । साथै २५ करोड २६ लाख ९४ हजार रुपैयाँ निक्षेप संचिति रहेको संस्थाले २८ करोड ९४ लाख ५० हजार रुपैयाँ ऋण लगानी गरेको छ ।
२०८० मंसिर १ गतेदेखि आफ्नै कार्यालय भवनबाट सेवा प्रवाह गर्दै आएको संस्थाले गत आ.व.मा सामाजिक उत्तरदायित्व अन्तर्गत २ सय १३ जना शेयर सदस्यलाई विभिन्न धार्मिक स्थलको भ्रमणमा लगेको जनाएको छ ।
संस्थाले चालु आ.व.मा समयमा ब्याज भुक्तानी गर्ने सदस्यलाई ब्याजमा पाँच प्रतिशत छुट दिने, घरेलु तथा साना उद्योग संचालन गर्न विशेष प्रोत्साहन कार्यक्रम ल्याउने, गैह्र बैंकिङ सम्पत्ति प्रकृया अनुसार क्रमशः विक्री गर्दै जाने र संस्थाले ऋण प्रवाह गर्दा ऋण अनुपातमा पाँच प्रतिशत शेयर लिनुपर्ने नियमलाई निरन्तरता दिने जनाएको छ ।
यसैगरी नेपाल रेडक्रससंग समन्वय गरेर रक्तदान कार्यक्रम संचालन गर्ने लगायतका सामाजिक गतिविधि समेत तय गरेको छ ।
साधारण सभाको अवसर पारेर संस्थाले जन्कु ज्येष्ठ नागरिक सम्मान, ज्येष्ठ नागरिक सम्मान, बाल बचतकर्ता सम्मान, एसईई उत्तीर्ण सम्मान लगायतका सम्मान प्रदान गरेको थियो ।