ऋद्धि सिद्धि बहुउद्देश्यीय सहकारी संस्थाः एक चिनारी

ऋद्धि सिद्धि बहुउद्देश्यीय सहकारी संस्थाः एक चिनारी
संस्था परिचय | 2023-04-10 Share

परिचय

काठमाडौंको थहिटीमा रहेको ऋद्धि सिद्धि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तत्कालीन डिभिजन सहकारी कार्यालय काठमाडौंमा २०६३ चैत्र २५ गते दर्ता भएको हो ।
सहकारी व्यवसाय सम्बन्धी ज्ञान भएका थहिटीका केही स्थानीयवासीहरुबीच सामूहिक लक्ष्य केन्द्रित भएर साझा उद्देश्य हासिल गर्नका लागि सहकारी संस्था संचालन गर्ने निर्णय भयो । संस्थाका संस्थापक सदस्यहरुको प्रारम्भिक छलफलले आफ्नो उद्देश्यका लागि बहुउद्देश्यीय सहकारी संस्था उपयुक्त हुने निष्कर्ष निकाल्यो । प्रारम्भमा बहुउद्देश्यीय सहकारी संस्थाकोरुपमा दर्ता गरिएको भएपनि हाल संस्थाले सदस्यहरुको आवश्यकता र माग अनुसार संस्थाको विनियम संसोधन गरेर बचत तथा ऋणको समेत कारोबार गर्दैआएको छ ।

उद्देश्य

संस्थाले आम सदस्यहरुको सामूहिक आवश्यकता मध्यनजर गरेर उद्देश्य पहिचान गर्नुका साथै उपयुक्त लक्ष्य निर्धारण गर्नेगरेको छ । संस्थाले सदस्यहरुलाई छिटो, छरितो, सुरक्षित एवं प्रविधिमैत्री वित्तीय सेवा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको छ । यसैगरी संस्थाले सदस्यहरुको आवश्यकता र अपेक्षा अनुसार विभिन्न सेवाको क्षेत्रमा समेत काम गर्ने उद्देश्य लिएको छ ।

वित्तीय अवस्था

संस्थामा हालसम्म  २ हजार ३७ जना शेयर सदस्य आवद्ध बनेका छन् । जसमा पुरुष सदस्यको संख्या १ हजार ५९ जना रहेको छ भने महिला सदस्यको संख्या ९ सय ७८ । समग्रमा संस्थाको आर्थिक अवस्था सन्तोषजनक रहेको छ । शेयर पुँजी ३ करोड ९८ लाख ४४ हजार ४ सय रुपैयाँ र निक्षेप संकलन ७४ करोड ३८ लाख ८ हजार ९ सय २५ रुपैयाँ रहेको संस्थाले शेयर सदस्यहरुलाई विभिन्न शीर्षकमा ६१ करोड ७५ लाख ५ हजार २ सय ५३ रुपैयाँ ऋण लगानी गरेको छ । 

ऋण लगानी

संस्थाले शेयर सदस्यहरुको आवश्यकता र माग बमोजिम विभिन्न शीर्षकमा ऋण लगानी गरेको छ । सदस्यहरुले विशेषगरी व्यक्तिगत ऋण ज्यादा लिनेगरेका छन् । संस्थाबाट ऋण लिएर सदस्यहरुले पोलिक्लिनिक, कृषि फार्म, रेष्टुराँ, घरेलु उद्योग, लुगा कपडा पसल, हार्डवेयर, रंगरोगन लगायतको व्यवसाय उद्यम संचालन गरिरहेका छन् । साथै केही सदस्यले घर जग्गा खरिद गर्नका लागि पनि संस्थाबाट ऋण लिएका छन् ।

संस्थागत उद्यम/व्यवसाय

हालसम्म संस्था आफैंले संस्थागत पुँजी लगानी गरेर उद्योग व्यवसाय संचालन गरेको छैन । तर निकट भविष्यमा भने उद्योग व्यवसाय संचालन गर्ने योजना बनाएको छ । त्यसका लागि अहिले संस्थाले लगानीको उपयुक्त क्षेत्र पहिचना गर्नका लागि अध्ययन गर्नुका साथै सदस्यहरुबाट समेत आवश्यक राय सुझाव लिने कार्य गरिरहेको छ । 

भावी योजना

संस्थाले सदस्यहरुको चाहना मुताविक विभिन्न बचत तथा ऋणका योजना संचालन गरिरहेको छ । यसैगरी संस्थाले आगामी दिनमा सदस्यहरुको चाहना र आवश्यकता पुरा गर्न थप प्रभावकारी वित्तीय सेवा प्रवाह गर्ने योजना बनाएको छ । साथै संस्थाको उद्देश्य अनुसार सम्भाव्य क्षेत्रहरु पहिचान गरेर संस्थागत लगानीमा उद्योग व्यवसाय संचालन गर्ने लक्ष्य लिएको छ ।