कालिका विकास साकोसको पन्ध्रौं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । टोखा–९, गोंगबुमा कार्यालय रहेको कालिका विकास बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष थम बहादुर जुग्जालीको सभापतित्वमा आयोजित सभा पुस ५ गते सम्पन्न भएको हो ।
कार्यक्रमा काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून)का अध्यक्ष दिपक पनेरु प्रमुख अतिथि रहेका थिए । साथै टोखा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष रमेश डंगोल, सहकारी हकहित राष्ट्रिय समाजका अध्यक्ष गोविन्द गिरी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि अतिथि रहेका थिए ।
कार्यक्रममा उद्घाटन सत्रमा मन्तव्य राख्दै प्रमुख अतिथि पनेरुले संस्थालाई आर्थिक, प्रशासनिक लगायतका आवश्य पर्ने सहयोग उपलब्ध गराउने आवश्वासन दिए ।
यसैगरी वडा अध्यक्ष डंगोलले सहकारी संस्थाहरुलाई तालिम संचालन गर्नका लागि आवश्यक बजेटको व्यवस्था गर्ने वाचा गरे ।
सभामा हकहित समाजका अध्यक्ष गिरीले सहभागीहरुलाई सहकारी शिक्षा सम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए ।
संस्थाका सचिव चेम बहादुर पुनले संचालन गरेको कार्यक्रममा उपस्थित सहभागीलाई संचालक समिति सदस्य तारा भुषालले स्वागत गरेकी थिईन । संस्थाकी व्यवस्थापक यशोदा पुन थापा र लेखापाल बसन्त गौतमले कार्यक्रम संचालनमा सहजीकरण गरेका थिए ।
साधारण सभामा संचालक समितिको तर्फबाट अध्यक्ष जुग्जालीले आर्थिक वर्ष (आ.व.) २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरे ।
आफू धेरै बोल्ने भन्दा पनि काम गरेर देखाउने स्वभावको मानिस भएको बताउँदै उनले शेयर सदस्यहरुको विश्वास, सहयोग र सक्रिय सहभागिताले गर्दा नै संस्था हालको अवस्थामा आई पुगेको बताए ।
उनले संचालक समितिको सतर्कता, वित्तीय अनुसशासन, पारदर्शी कारोबार र जिम्मेवार व्यवस्थानका कारण कठिन समयमा पनि संस्था संचालन गरेर सदस्यको विश्वास जित्न सकेको अनुभव सुनाए ।
सभामा कोषाध्यक्ष पुनम श्रीस र लेखा सुपरीवेक्षण समितिका संयोजक नविन गर्वुजाले पनि आ–आफ्नो तर्फबाट प्रतिवेदन पेश गरे ।
सभामा पेश भएको प्रतिवेदन अनुसार गत असार मसान्त सम्ममा शेयर पुँजी ३ करोड ४८ लाख ५२ हजार रुपैयाँ, निक्षेप संकलन ५ करोड ९४ लाख ५४ हजार रुपैयाँ र ऋण लगानी ७ करोड २० लाख ५१ हजार रुपैयाँ कायम भएको छ ।
संस्थाले दीर्घकालीन स्थायित्व, संस्थागत पहिचान र सेवा विस्तारका लागि आफ्नै कार्यलय भवन बनाउने लक्ष्य लिएको छ ।
संस्थालाई पूर्ण डिजिटलाईज गर्दै सम्पूर्ण कारोबार आधुनिक प्रविधिमैत्री बनाउने योजना तय गरेको छ । जस अन्तरगत डिजिटल खाता, अनलाईन तथा मोबाईल भुक्तानी सेवा, एसएमएस/मोबाईल सूचना प्रणाली, डिजिटल लेखा प्रणाली र पारदर्शी रिपोर्टिङ सेवा रहेका छन् ।


