जीवनमार्ग बहुउद्देश्यीयको अठारौं वार्षिक साधारण सभा सम्पन्न

जीवनमार्ग बहुउद्देश्यीयको अठारौं वार्षिक साधारण सभा सम्पन्न
समाचार | 2025-12-23 Share

काठमाडौं । सितापाईलामा कार्यालय रहेको जीवनमार्ग बहुउद्देश्यीय सहकारी संस्थाको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभा संस्थाका अध्यक्ष भुवन मान शाक्यको सभापतित्वमा सम्पन्न भएको हो । 

साधारण सभामा संचालक समितिको तर्फबाट अध्यक्ष शाक्यले आर्थिक वर्ष (आ.व.) २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरे ।

उनले समाजमा छरिएर रहेको पुँजी एकीकृत पारेर उद्योग, कृषि, व्यापार, कलकारखाना तथा अन्य उत्पादनशील क्षेत्रमा परिचालन गरेर सदस्यहरुलाई आर्थिकरुपमा आत्मनिर्भर बनाउउने मुख्य उद्देश्यले संस्था संचालन गरेको बताए । 

संस्थाले सदस्यहरुलाई विभिन्न उत्पादन तथा रोजगारमूलक परियोजना संचाल गर्नका लागि सरल कर्जा प्रावह गर्दै आएको जनाए ।

गत असार मसान्त सम्ममा २ सय २४ जना शेयर सदस्य आवद्ध बनेको संस्थाको शेयर पुँजी ६६ लाख ५१ हजार रुपैयाँ पुगेको जानकारी गराए ।

यसैगरी संस्थाले सदस्यरुबाट ९ करोड ५ लाख ७८ हजार रुपैयाँ निक्षेप संकलन गर्नुका साथै १ सय ४० जना सदस्यहरुलाई ६ करोड ८९ लाख ३३ हजार रुपैयाँ ऋण लगानी गरेको बताए ।

साधारण सभाले संचालक समितिका अध्यक्ष, कोषाध्यक्ष, लेखा समिति र लेखा परीक्षको प्रतिवेदन माथि छलफल गरेर पारित गरेको थियो । साथै संस्थाको विनियम संशोधन, लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण र सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि छनौट गर्ने प्रस्ताव पनि पारित गरेको थियो ।