इमानि साकोसको १५औं वार्षिक साधारण सभा सम्पन्न

इमानि साकोसको १५औं वार्षिक साधारण सभा सम्पन्न
समाचार | 2025-11-06 Share

काठमाडौं । नयाँबानेश्वर स्थित इमानि बचत तथा ऋण सहकारी संस्थाले १५औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

स्थानीय धन्यवाद पार्टी प्यालेसमा असोज २५ गते आयोजित सभा संस्थाका अध्यक्ष किशोर कुमार गौतमको सभापतित्वमा सम्पन्न भएको हो ।
सभामा उपस्थित शेयर सदस्यहरुलाई संस्थाका उपाध्यक्ष दिलिप गौतमले स्वागत गरेका थिए ।

साधारण सभामा संस्थाका अध्यक्ष गौतमले संचालक समितिको तर्फबाट आर्थिक वर्ष (आ.व.) २०८१/८२ को वार्षिक प्रतिवेदन तथा भावी नीति तथा कार्यक्रम पेश गरे ।

यसैगरी संस्थाका सचिव दिपक प्रसाद सापकोटा र कोषाध्यक्ष रुपक भण्डारीले समेत आ–आफ्नो प्रतिवेदन पेश गरेका थिए  । साथै लेखा सुपरीवेक्षण समितिको तर्फबाट संयोजक दिपा खड्काले प्रतिवेदन पेश गरिन ।

साधारण सभामा पेश भएको प्रतिवेदन अनुसार गत असार मसान्त सम्ममा ९ सय ७ जना शेयर सदस्य आवद्ध बनेको संस्थाको शेयर पुँजी २ करोड ३३ लाख ६ हजार रुपैयाँ पुगेको छ ।

यस्तै १३ करोड ५७ लाख २४ हजार रुपैयाँ बचत संकलन रहेको संस्थाको ऋण लगानी ११ करोड ९६ लाख ३४ हजार रुपैयाँ कायम भएको छ ।

आ.व.को अन्त्यमा संस्थाको जगेडा तथा विविध कोषमा १ करोड २५ लाख ७ हजार रुपैयाँ जम्मा भएको छ भने कुन सम्पत्ति १८ करोड १ लाख ६३ हजार रुपैयाँ पुगेको छ । संस्थाले गत आ.व.को कारोबारबाट २० लाख १० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

साधारण सभाको अवसर पारेर संस्थाले शेयर सदस्यहरु मध्येबाट एक जना उत्कृष्ट बचतकर्ता, एक जना असल ऋणी र दुई जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । साथै शेयर सदस्यका छोराछोरीहरु मध्येबाट एसईई परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने चार जना विद्यार्थीलाई शैक्षिक सम्मान प्रदान गरेको छ ।