ॐ शिवपुरी साकोसको १७औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं. २मा केन्द्रीय कार्यालय रहेको ॐ शिवपुरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
संस्थाको आफ्नै भवनमा रहेको सभा हलमा असोज २९ गते आयोजित सभा संस्थाका अध्यक्ष रविन्द्र के.सी.को सभापतित्व र तारकेश्वर नगरपालिका नगर सहकारी शाखा प्रमुख सरिता चापागाईको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
साधारण सभामा संचालक समितिको तर्फबाट अध्यक्ष के.सी.ले आर्थिक वर्ष (आ.व.) २०८१/८२को वार्षिक प्रतिवेदन पेश गरे । सो प्रतिवेदन अनुसार गत असार मसान्त सम्ममा संस्थाको शेयर पूँजी ५ करोड ८० लाख १२ हजार रुपैयाँ पुगेको छ ।
आ.व.को अन्त्य सम्ममा संस्थाले विभिन्न खाताहरुमार्फत संकलन गरेको ५० करोड ७२ लाख ९० हजार रुपैयाँ निक्षेप बाँकी रहेको छ भने संस्थाले सदस्यहरुलाई विभिन्न शीर्षकमा ४८ करोड ९९ लाख ५५ हजार रुपैयाँ ऋण प्रवाह गरेको छ ।
संचालक समितिको प्रतिवेदन अनुसार संस्थाले गत आ.व.को कारोबारबाट आयकार व्यवस्था पछि ९८ लाख ४ हजार रुपैयाँ खुद संचालन मुनाफा आर्जन गरेको छ ।
सभामा प्रस्तुत प्रतिवेदन अनुसार संस्थाका अधिकांश सूचकहरु सकारात्मक रहेको छ । संस्थाले सदस्यहरुलाई प्रविधिमैत्री सेवा प्रदान गर्नका लागि आधुनिक बैंकिङ सफ्टवेयर ‘मीरा’ प्रयोग गर्दै आएको छ । सदस्यहरुलाई ईन्टरनेट बैंकिङ् र अनलाईन कारोबार सेवा उपलब्ध गराएको छ ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि चापागाईले संस्थालाई विभिन्न संघीय तथा नगर स्तरीय कार्यक्रममा सहभागी हुन आग्रह गरिन । उनले संस्थालाई आधुनिक बैंकिङ प्रणालीमार्फत सदस्यहरुको कारोबारको जानकारी पाउने तथा अनलाईन सेवा उपयोग गर्ने वातावरण प्रदान गर्न अनुरोध गरिन ।