बागमती प्रदेशमा सहकारी एकीकरण प्रकृया व्यवस्थित बनाउन कार्यविधि जारी
काठमाडौं । बागमती प्रदेश सहकारी तथा गरिवी निवारण मन्त्रालयले सहकारी संघ संस्थाको एकीकरण प्रक्रियलाई व्यवस्थित बनाउनका लागि कार्यविधि जारी गरेको छ ।
मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट मंसिर ३ गते सहकी संघ संस्थाहरुको एकीकरण सम्बन्धी कार्यविधि २०८२ जारी गरेको हो ।
कार्यविधिमा फरक प्रकृतिका भएपनि कार्यक्षेत्र जोडीएको र एकै विषयको व्यवसायमा प्रतिस्पर्धा भएका सहकारीबीच एकीकरण गर्न मिल्ने व्यवस्था राखिएको छ ।
फरक जिल्ला वा स्थानीय तहमा रहेका भएपनि कार्यक्षेत्र जोडीएका सहकारीबीच एकीकरण गर्न मिल्ने व्यवस्था छ ।
फरक फरक स्थानीय तहको नियमनमा रहेका सहकारी संस्थाहरु एक आपसमा एकीकरण हुन चाहेमा सम्बन्धित स्थानीय तहको पूर्व स्वीकृति र सिफारिस लिएरमात्र प्रदेश रजिष्ट्रार कार्यालयमा निवेदन दिन सक्ने कार्यविधिमा उल्लेख छ ।
मन्त्रालयकाे वेबसाईटमा https://mocpa.bagamati.gov.np मा गएर कार्यविधिको पूर्णपाठ अध्ययन गर्न सकिन्छ ।


