चेतनशील महिला साकोसको चौधौं वार्षिक साधारण सभा सम्पन्न, १९ जना सदस्य सम्मानित

चेतनशील महिला साकोसको चौधौं वार्षिक साधारण सभा सम्पन्न, १९ जना सदस्य सम्मानित
समाचार | 2025-12-28 Share

काठमाडौं । टोखा–१०, मिलननगरमा कार्यालय रहेको चेतनशील महिला बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष विनिता अधिकारीको अध्यक्षतामा आयोजित समारोहर टोखा नगरपालिका सहकारी शाखा प्रमुख कमला कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

साधारण सभाको पहिलो सत्रमा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि कार्कीले चेतनशील महिला साकोसले सदस्यहरुलाई धितो लिएर ऋण दिने गरेकाले संस्थाको लगानी सुरक्षित रहेको धारणा राखिन । उनले टोखा नगरपालिको नियमनमा रहेका सहकारी संस्थाहरुमा समस्या नदेखिएको बताईन ।

यसैगरी संस्थाका कानुनी सल्लाहकार सिर्जना कडेलले समय समयमा केही कानुनी झमेला ब्यहोर्नुपरेको भएपनि संस्था नीति, नियम र कानुनसंगत ढंगले संचालन भएकाले कुनैपनि समस्या उत्पन्न नभएको भनाई राखिन ।

संस्थाका संचालक सदस्य विष्णु देवी शर्माले संचालन गरेको कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीलाई संस्थाका उपाध्यक्ष पार्वती पौडेलले स्वागत गरेकी थिईन ।

बसुन्धरा स्थित दियालो फूडल्याण्डमा आयोजित सभामा संस्थाका अध्यक्ष अधिकारीले संचालक समितिको तर्फबाट आर्थिक वर्ष (आ.व.) २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरिन ।

सहकारीबाट ऋण लिएर नतिर्ने सदस्य र सदस्यले बचत गरेको पैसा व्यक्तिगत फाईदाका लागि वा जोखिमपूर्ण क्षेत्रमा लगानी गर्ने संचालकहरुका कारण सहकारीमा समस्या उत्पन्न भएको विचार राखिन । उनले यस्ता खराब सहकारीले गर्दा चेतनशील महिला जस्ता सुशासनमा बसेर संचालन भएका सहकारीलाई पनि मानिसहरुले शंकाको दृष्टिले हेर्ने गरेको गुनासो गरिन ।

अध्यक्ष अधिकारीले संस्थाबाट ऋण लिएर भाखा नाघेपछि पटक–पटक ताकिता गर्दापन नतिर्ने केही सदस्यहरुको धितो लिलामी गरेर ऋण असुल गर्ने प्रकृया अगाडि बढाईएको जानकारी दिईन ।

संस्थाका संचालक समिति, उपसमिति र कर्मचारीहरु संस्थामा सदस्यहरुले जम्मा गरेको सम्पत्तिको सुरक्षा गर्नका लागि दिनरात लागिपरेको उनले बताईन । साथै संस्थाले सुरक्षितरुपमा ऋण लगानी गर्नुका साथै कडाईका साथ असुली गर्ने गरेको जनाईन ।

साधारण सभामा संस्थाका कोषाध्यक्ष विन्दु कुमारी बसेल शर्माले आर्थिक प्रतिवेदन पेश गरेकी थिईन ।

सभामा पेश भएको प्रतिवेदन अनुसार गत असार मसान्त सम्ममा संस्थाको शेयर पुँजी २ करोड ३२ लाख ३ हजार रुपैयाँ, निक्षेप संकलन २१ करोड ७९ लाख रुपैयाँ र ऋण लगानी १३ करोड ४५ लाख ३८ हजार रुपैयाँ कायम भएको छ ।

साधारण सभाको अवसर पारेर संस्थाले शेयर सदस्यहरु मध्येबाट हरेक महिनाको १ देखि ५ गते सम्म नियमित बचत गर्ने १९ जना सदस्यलाई सम्मान गरेको छ ।