प्राधिकरणमा सहकारी दर्ता अभिलेखिकरण हुने समयावधि ३० दिन थप

प्राधिकरणमा सहकारी दर्ता अभिलेखिकरण हुने समयावधि ३० दिन थप
समाचार | 2026-01-26 Share

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणकाे मुख्य काराेबार गर्ने सहकारीकाे दर्ता अभिलेखिकरण गर्ने समयावधि थप गरेको छ ।

प्राधिकरणले माघ ९ गते एक सूचना प्रकाशन गरेर सहकारी दर्ता अभिलेखिकरणको समयाविध ३० दिन थप गरेको जनाएको हो ।

यस अघि प्राधिकरणले गत मंसिर १० देखि माघ १० गते भित्र मुलुकभरिका बचत ऋणकाे मुख्य काराेबार गर्ने सहकारीलाई अनिवार्य अनलाईन प्रणालीमार्फत दर्ता अभिलेखिकरण गरेर संचालन ईजाजत लिन समय ताेकेकाे थियाे  ।

प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखिकरण मापदण्ड, २०८२ जारी गरेर सहकारी संस्थाको दर्ता अभिलेखिकरण सम्बन्धी कार्यकाे सुरुवात गरेकाे हाे ।

'यस अवधिमा सम्बद्ध सबै सहकारी संस्थाहरुको विवरणहरु प्रविष्ट भई सक्ने नदेखिएको र विवरण प्रविष्टिको कार्य निरन्तर भईरहेकाले प्राधिकरणको २०८२ माघ ८ गतेको निर्णयानुसार फाल्गुन ११ गते सम्मका लागि समयावधि ३० दिन थप गरिएको' सूचनामा उल्लेख छ।