सहकारीको शाखा बन्द गर्ने निर्देशन फिर्ता नभए नेफ्स्कूनले कडा कदम चाल्ने

सहकारीको शाखा बन्द गर्ने निर्देशन फिर्ता नभए नेफ्स्कूनले कडा कदम चाल्ने
समाचार | 2026-01-22 Share

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले संघीय सहकारी विभागलाई सहकारीको एक भन्दा बढी शाखा बन्द गर्ने निर्णय पुनर्विचार वा स्थगत गर्न माग गररेको छ ।

नेफ्स्कूनले आज (माघ ८ गते) एक विज्ञप्ती निकालेर विभागले निर्णय पुनर्विचार नगरे कठोर कमद चाल्ने चेतावनी दिएको हो ।

‘संविधानले सहकारीलाई अर्थतन्त्रको महत्वपूर्ण स्तम्भकोरुपमा स्वीकारण गरेको सन्दर्भमा सहकारी संस्थाहरुको सेवाको पहुँच विस्तारका लागि संचालनमा रहेका शाखाहरु बन्द गर्ने नियामकीय व्यवस्था संवैधानिक मर्म र कानुन विपरित देखिएकाले.....सरोकारवालाहरुसंग संवादमार्फत संविधान सम्मत र दीर्घकालीन समाधान अवलम्बन गर्न माग गर्दर्छ,’ अध्यक्ष चन्द्र ढकालको हस्ताक्षर रहेको विज्ञप्तीमा उल्लेख छ ।

विभागले गत पुस २४ गते राष्ट्रिय सहकारी महासंघ र केन्द्रीय संघहरुलाई  पत्राचार गरेर एकभन्दा बढी शाखा खोली सञ्चालनमा रहेका सहकारीलाई हिसाब–राफसाफ गरी शाखा  बन्द गर्न लगाउन निर्देशन दिएको थियो ।

सहकारी तथा गरिबी निवारण मन्त्रालयले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ को सिफारिस कार्यान्वयन गराउन दिएको निर्देशन अनुसार विभागले छाता संघहरुलाई पत्राचार गरेको हो ।