सहकारी बैंक र संघहरुको लागि प्राधिकरणद्वारा दर्ता खुल्ला

सहकारी बैंक र  संघहरुको लागि प्राधिकरणद्वारा दर्ता खुल्ला
| 2026-02-24 Share

सहकारी नियमन प्राधिकरणले राष्ट्रिय सहकारी बैंक र बचत तथा ऋणको कारोबार गर्दै आएका संघहरुलाई समेत दर्ता अभिलेखीकरण गर्ने भएको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै सहकारी बैंक र वित्तीय कारोबार गर्दै आएका विभिन्न तहका संघहरुलाई पनि दर्ता अभिलेखीकरण गर्ने जनाएको हो ।

यस अघि बचत तथा ऋणको मुख्य कारोबार गर्दै आएका संस्थाहरुको लागि मात्र दर्ता अभिलेखीकरण खुला गरेको प्राधिकरणले सहकारी बैंक र संघहरुको लागि पनि दर्ता खुला गरको हो । आगमी चैत्र १७ गतेसम्म ५ हजार शुल्क बुझाई सहकारी बैंक र संघहरु प्राधिकरणमा दर्ता अभिलेखीकरण हुनसक्ने छन् । सहकारी ऐन २०७४ को दफा २० क(२) बमोजिम प्राधिकरणमा दर्ता हुनका लागि संघ÷संस्थाबाट अनुरोध पत्र,संघ संस्थाका सञ्चालक समितिको निर्णय,संघ \संस्थाको साविक दर्ता प्रमाणपत्र,स्थायी लेखा नम्बर,आर्थिक बर्ष २०८१\८२ को कर चुक्ता प्रमाणपत्र,दुई आर्थिक बर्षको लेखा परीक्षण प्रतिवेदन, साधारण सभाको उपस्थिती सहितको निर्णय प्रतिलिपि र सञ्चालक समित, लेखा सुपरीवेक्षण समिति र प्रमुख कार्यकारी अधिकृतको तिनपुस्ते विवरण संलगन गर्नु पर्ने छ ।

प्राधिकरणले गत मंसिर १० गतेबाट बचत ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको दर्ता अभिलेखीकरण सुरु गरेको हो । प्राधिकरणले यस अघि दर्ता अभिलेखीकरणको लागि संस्थाहरुलाई दुई पटक समय दिएको थियो भने पुनः आज तेस्रो पटक दर्ता अभिलेखीकरणको समय थप गरी  आगामी चैत्र १७ गतेसम्म पु¥याएको जनाएको छ । हालसम्म प्राधिकरणमा ४ हजार १ सयको हारहारीमा मात्र सहकारी संस्था दर्ता अभिलेखीकरणमा आएका छन् । देशभर करिब ३२ हजार सहकारी रहेपनि अपेक्षिकृत रुपमा दर्ता अभिलेखीकरणको लागि नआएको प्राधिकरणले जनाएको छ ।