सहकारीलाई गैरनेपालीसँग कारोबार नगर्न काठमाडौं महानगरको निर्देशन

सहकारीलाई गैरनेपालीसँग कारोबार नगर्न काठमाडौं महानगरको निर्देशन
समाचार | 2026-03-11 Share

काठमाडौँ । काठमाडौँ  महानगरपालिकाले सहकारी संस्थालाई गैरनेपाली नागरिकसँग आर्थिक कारोबार नगर्न  निर्देशन दिएको छ।

केही सहकारीहरूले विदेशी नागरिकलाई सदस्य बनाई आर्थिक कारोबार गर्ने गरेको गुनासो आएको भन्दै महानगरले उक्त कार्य तत्काल बन्द गर्न दिर्देशन दिएको हो । 

गैरनेपाली नागरिकलाई कुनै पनि सहकारी सदस्य बनाउने कार्य कानुन विपरीत रहेको भन्दै नियमसँग गर्न कारोबार गर्न सहकारीलाई आग्रह गरेको हो

महानगरकाे आग्रहलाई  बेवास्ता गरे प्रचलित कानूनबमोजिम कारबाही गर्ने तयारी रहेको छ । सहकारी ऐन, २०७४ दफा ३० र काठमाडौँ महानगरपालिका सहकारी ऐन, २०७४ को दफा २० मा सहकारी संस्थामा नेपाली नागरिक मात्र सदस्य हुन सक्ने स्पष्ट व्यवस्था रहेको छ । 

त्यसैगरी, सहकारी ऐन २०७४ को दफा ५० तथा काठमाडौँ महानगरपालिकाको सहकारी ऐन, २०७४ को दफा ३९ मा सहकारी संस्थाहरूले सदस्य केन्द्रित भई बचत तथा ऋण कारोबार सञ्चालन गर्न महानगरले भनेको छ ।