लक्ष्यराइज साकोसले दियो १० प्रतिसत ब्याजमा छुट  

लक्ष्यराइज साकोसले दियो १० प्रतिसत ब्याजमा छुट  
गृहपृष्ठ | 2021-06-13 Share

 
काठमाण्डौं । चावहिल गणेशस्थान स्थित केन्द्रीय कार्यालय रहेको लक्ष्यराइज बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यहरुलाई निरन्तर सेवा प्रदान गदै आइरहेको छ । संस्थाका कार्यकारी अध्यक्ष सहदेब तिमल्सीनाले दिनु भएको जानकारी अनुसार स्वास्थ्य मापदण्डको पूणर् रुपमा पालना गरी केन्द्रीय कार्यालय चावहिल गणेशस्थान,सदस्य सेवा केन्द्र कलंकी र गाेंगबुबाट विहान ८ बजे देखि बेलुका ५ बजे सम्म नियमित सेवा दिदै आएको बताउनु भयो ।
 उहाँका अनुसार विश्व माहामारीको रुपमा फैलिएको नयाँ भेरीयण्ट कोभिड १९ वाट सदस्य र सदस्यको ब्यावसायमा परेको असरको मूल्याङकन गरि निष्ोधाज्ञ अवधिभरको समयको ब्याजमा १० प्रतिसत र निषेधाज्ञामा छुटेको ऋणको किस्तामा हर्जना छुट दिने निणर्य भएको जानकारी दिनु भयो । शुरक्षित रहन सदस्यहरुलाई आग्रह गर्दै सदस्यहरुलाइ परेको आपत विपतमा संस्थाले अवस्था हेरी घर दैलो वितिय सेवा समेत दिने अध्यक्ष तिमल्सीनाले जानकारी दिनु भयो ।