राष्ट्रिय सहकारी बैंकका संस्थापक अध्यक्ष जोशीको निधन

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडका संस्थापक अध्यक्ष, सहकारी अभियन्ता एवं समाजसेवी राजेशहरि जोशीको निधन भएको छ ।
ललितपुरको गाःबहाल स्थित नेशनल डेभलपमेन्ट को–अपरेटिभ सोसाइटी लिमिटेडका कार्यकारी अध्यक्ष समेत रहनुभएका जोशीको हिजो (जेठ ३० गते) ६६ वर्षको उमेरमा निधन भएको हो ।
नेशनल को–अपरेटर्स एलाइन्सका सह–अध्यक्ष रहनुभएका जोशी जोशी जिल्ला सहकारी संघ लिमिटेड ललितपुरका सल्लाहकार समेत हुनुहुन्थ्यो ।
स्वर्गीय जोशीले सहकारी बैंकका साथै महेन्द्र नारायण निधि मेमोरियल स्वास्थ्य सहकारी संस्था, एमएन निधि मेमोरियल अस्पताल र नेशनल को–अपरेटर्स एलाईन्स गठनमा महत्वपूर्ण भूमिका खेल्नुभएको एलाईन्सका महासचिव चन्द्र ढकालले बताउनुभयो ।
महासचिव ढकालले 'पदीय जिम्मेवारीमा रहदा वा नरहदा पनि उतिकै कर्तव्यनिष्ठ भई सहकारी अभियानको विकास र विस्तारका लागि जोशीले निर्वाह गर्नुभएको भूमिका सम्पूर्ण सहकारीकर्मीका लागि प्रेरणादायी रहने' बताउनुभयो
यसैगरी उहाँ हेटौंडामा मूख्य कार्यालय रहेको तत्कालीन वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको संस्थापक सञ्चालक समेत हुनुहुन्थ्यो । त्यस्तै हेटौंडामै रहेको मकवानपुर बचत तथा ऋण सहकारी संस्था समेत उहाँकै पहलमा स्थापना भएको थियो ।
दुई दशक भन्दा बढी समयदेखि सहकारी क्षेत्रमा क्रियाशिल जोशीले सहकारी अभियानका हरेक गतिविधिमा सक्रिय योगदान पु¥याउँदै आउनुभएको थियो । समाजसेवाका क्षेत्रमा समेत उहाँको नाम अग्रपंक्तिमा रहेको छ ।