नेपाल सहकारी बैंकप्रति प्रधानमन्त्री सकारात्मक

नेपाल सहकारी बैंकप्रति प्रधानमन्त्री सकारात्मक
गृहपृष्ठ | 2021-08-01 Share

काठमाडौं । नेपाली कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागले पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाइ तथा शुभकामना दिएको छ ।

विभागका प्रमुख एवम् कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको नेतृत्वमा शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर देउवालाई शुभकामना तथा बधाइ दिइएको हाे ।

विभागको तर्फबाट प्रधानमन्त्री देउवालाई शुभकामनासम्बन्धी पत्र समेत प्रदान गरिएको थियो ।

प्रधानमन्त्री देउवालाई विभागको तर्फबाट हालसम्म भए गरेका कामकाबारहीको संक्षित जानकारीसहित कार्यप्रगति जानकारी दिएको विभागका सचिव सुरेन्द्र भण्डारीले जानकारी दिनुभयाे । भेटमा ‘नेपाल सहकारी बैंक’ खोल्ने विषयको पनि जानकारी गराईएकाे थियाे । नेपाल सहकारी बैंक खोल्ने विषयमा आफू सकारात्मक रहेको प्रधानमन्त्री देउवाले बताएकाे सहभागी एक सदस्यले जानकारी दिनुभयाे ।

विभागका प्रमुख ढुंगानाले कांग्रेसको नेतृत्वमा रहेको सरकारले सहकारीको क्षेत्रमा देखिएका समस्या समाधान गर्न ध्यान दिनुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिनुभएकाे थियाे ।

विभागका प्रमुख एवम् केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, सचिव सुरेन्द्र भण्डारी, सदस्यहरू भरत ढकाल, सीताराम काफ्ले, माधव दुलाल, शक्ति खड्का, डा. ज्ञानेन्द्र पाैडेल शरद महर्जनसहित १४ जनाको टिम बालुवाटार पुगेकाे थियाे ।