सहकारी मन्त्रालयको सचिवमा गणेशप्रसाद पाण्डे

सहकारी मन्त्रालयको सचिवमा गणेशप्रसाद पाण्डे
गृहपृष्ठ | 2021-08-10 Share

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव टेकनारायण पाण्डेको सरुवा भएको छ । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पाण्डेलाई गृह सचिवमा सरुवा गरेको हो ।

त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवमा गणेशप्रसाद पाण्डेलाई ल्याइएको छ । उहाँ कर्णाली प्रदेशका प्रमुख सचिव हुनुहुन्थ्यो ।