बुढानिलकण्ठ नगरपालिकामा बहुउद्देश्यीय सहकारीको समन्वय समिति

बुढानिलकण्ठ नगरपालिकामा बहुउद्देश्यीय सहकारीको समन्वय समिति
समाचार | 2021-09-18 Share

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका भित्र दर्ता भई संचालनमा रहेका बहुउद्देश्यीय सहकारी संस्थाहरुले नगर समन्वय समिति गठन गरेका छन् ।

बहुउद्देश्यीय सहकारीहरुको भेलाले माता नवदुर्गा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पुस्कर चालिसेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो ।
समितिको सह–संयोजकमा कपन बहउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष विश्व कुमार पोखरेल, सचिवमा नागरिक बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष विष्णु चन्द्र अधिकारी र कोषाध्यक्षमा नवपुर बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक अनुजा श्रेष्ठ रहनुभएको छ । 

यसैगरी समितिमा चम्पादेवी बहुउद्देश्यीय सहकारी संस्थाका सचिव गिता मिश्र पुडासैनी, सुन्दर मित्र बहुृद्देश्यीय सहकारी संस्थाका संचालक बलराम ढुंगेल र नविन संकल्प बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गौराज मगर सदस्य रहनुभएको छ ।