प्राधिकरणद्वारा सज्जन महिला साकोसलाई संचालन इजाजतपत्र प्रदान
काठमाडौं । काठमाडौं महानगरपालिका–६, महांकालमा कार्यालय रहेको सज्जन महिला बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट इजाजतपत्र प्राप्त गरेको छ ।
संस्थाले माघ २२ गते प्राधिरणबाट २०६६–००२०३ नम्बरको संचालन इजाजतपत्र प्राप्त गरेको हो ।
बचत तथा ऋणको कारोबार गर्ने संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२ को दफा ४ बमोजिम संस्थाले प्राधिकरणमा दर्ता अभिलेखीकरण भई संस्था सञ्चालन इजाजतपत्र प्राप्त गरेको हो ।
संस्थामा गत पुस मसान्त सम्म १ हजार ६ सय ७१ जना शेयर सदस्य आवद्ध भएका छन् । सो अवधि सम्ममा संस्थाको शेयर पुँजी १ करोड ५२ लाख १९ हजार रुपैयाँ र कुल निक्षेप १० करोड ९ लाख १७ हजार रुपैयाँ कायम भएको छ ।
यसैगरी संस्थाले २ सय ५४ जना शेयर सदस्यहरुलाई विभिन्न प्रयोजनका लागि ८ करोड ४ लाख ८ हजार रुपैयाँ ऋण लगानी गरेको छ ।
जगेडा कोषमा १ करोड २२ लाख १४ हजार रुपैयाँ र अन्य कोषहरुमा ९३ लाख ५४ हजार रुपैयाँ नगद मौज्दात रहेको छ ।
यस्तै १३ करोड ७९ लाख ५५ हजार रुपैयाँ कुल सम्पत्ति रहेको संस्थामा ३० दशमलव ९४ प्रतिशत तरलता रहेको छ ।



