हब को-अपरेटिभ सर्भिसले सदस्यलाई डिजिटल सेवा दिने

हब को-अपरेटिभ सर्भिसले सदस्यलाई डिजिटल सेवा दिने
गृहपृष्ठ | 2021-12-03 Share

काठमाडौं । हब कोअपरेटिभ सर्भिस लिमिटेडको साधारण सभा सम्पन्न भएको छ ।

संस्थाले मंसिर १५ गते वार्षिक साधारण सभा सम्पन्न गर्दै  मुलुकभरि रहेका आफ्ना सदस्य सहकारीलाई डिजिटल सेवा दिने जनाएको छ ।

हबले चालु आर्थिक वर्षमा मुलुकभर रहेका सहकारी संस्थाका शेयर सदस्यलाई चेक क्लियरिङ सेवा दिने, पाँच सय सहकारी संस्थामा मोबाइल बैंकिङ एप्लिकेसन प्रदान गर्ने जनाएको छ ।

विदेशबाट आएको रेमिटेन्स सहकारीका सदस्यको हातामा रियलटाईम उपलब्ध गराउने, सहकारीबाट बैंकमा र बैंकबाट सहकारीमा रकम ट्रान्फर गर्ने सेवा समेत दिने जनाएको छ ।

मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने नारालाई सार्थकता तुल्याउनका लागि हबले का मगर्दै आएको छ । हब कोअपेटिभको साधारण सभाको अवसरमा पूर्वमन्त्री दीपक खड्काले सहकारीले सदस्यलाई समय सापेक्ष सेवा प्रदान गरेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो ।

हबले बैंकको विकल्पमा वित्तीय सेवा प्रदान गरेको बताउनुभयो । सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ मा भएको व्यवस्था अनुसार हब कोअपरेटिभ सर्भिसले सेवा दिँदै आएको अध्यक्ष दक्ष पौडेलले बताउनुभयो ।

विद्युतीय माध्यमबाट प्रविधिको प्रयोग गरी एक सहकारीको चेक अर्कोमा साट्ने व्यवस्थासहित अन्तरसहकारी कारोबार मार्फत सदस्यलाई सेवा दिने नयाँ काम गर्दै आएको अध्यक्ष पौडेलले बताउनुभयो ।

देशभर कार्यक्षेत्र रहेको हबको अपरेटिभले मुलुकमै पहिलोपटक विद्युतीय भुक्तानीसहितको नयाँ सेवा दिँदै आएको छ । अधिकांश सहकारी संस्थाहरू म्यानुअल पद्धतिमा सञ्चालन भइरहेको अवस्थामा डिजिटल प्रविधि प्रयोग गरेर कारोबार गर्दा सहकारीको संस्थागत क्षमतामा विकास हुने उहाँले बताउनुभयो ।

सहकारी अभियान्ता महेन्द्रनारायण निधी अस्पतालका अध्यक्ष तथा सहकारी अभियान्ता भानुभक्त ढकालले हबले समय सापेक्ष रुपमा सहकारीका लागि सेवा दिँदै आएको बताए । कार्यक्रममा सहकारी विज्ञ ज्ञानेन्द्र पौडेलले हबले सुरु गरेको सेवा सहकारीका लागि आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रमको सञ्चालन सहकारीका सचिव राजेन्द्र पौडेल र स्वागत कोषाध्यक्ष विमल निरौलाले गर्नुभएको थियो। साधारण सभाले वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, वार्षिक कार्ययोजना समेत पास गरेको छ ।