नेपाल सहकारी पत्रकार समाज (सीजेएन)मा नयाँ नेतृत्व

काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सीजेएन) मा नयाँ नेतृत्व चयन भएको छ ।
समाजको आज सम्पन्न एघारौं वार्षिक साधारण सभाले काजी श्रेष्ठको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
साधारण सभाबाट आगामी २ वर्षे कार्यकालका लागि उपाध्यक्षमा तुलसी सुवेदी, सचिवमा अर्जुन खतिवडा, कोषाध्यक्षमा प्रयास श्रेष्ठ र सहसचिवमा भेषराज बेल्वासे निर्वाचित भएका छन् ।
यसैगरी सभाबाट सात सदस्यीय संचालक समितिमा सन्तोष रोकाया र सुधा देवकोटा सदस्य निर्वाचित भएका छन् ।
कार्यसमितिमा निर्वाचित सबै पदाधिकारीहरुलाई सहकारी सञ्चार परिवारको तर्फबाट हार्दिक वधाई साथै सफल कार्यकालको शुभकामना ।