काठमाडौं बहुउद्देश्यीय संघको अपिलः ‘उच्च ब्याजदरमा बचत संकलन नगर्नु’

काठमाडौं बहुउद्देश्यीय संघको अपिलः ‘उच्च ब्याजदरमा बचत संकलन नगर्नु’
समाचार | 2022-08-10 Share

काठमाडौं । मुलुकको वित्तीय प्रणालीमा देखिएको तरलता अभावको समस्या सहकारीमा समेत देखिन थालेपछि काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघले ऋण असुलीमा जोड दिन अपिल गरेको छ ।

संघले साउन २४ गते एक अपिल जारी गरेर तरलमा १५ प्रतिशत भन्दा कम भएका सदस्य संस्थालाई ऋण असुलीमा तीव्रता दिन आग्रह गरेको हो । साथै संघले सदस्यहरुलाई जानकारी गराएर क्रमिकरुपमा बचत फिर्ता गर्ने व्यवस्था गर्न सुझाव दिएको छ ।

यसैगरी संघले सदस्य संस्थालाई उच्च ब्याजदरमा बचत संकलन नगर्न र सन्दर्भ ब्याजदरले तोकेको परिधि भित्र रहेर ऋण लगानी गर्न अनुरोध गरेको छ ।

सदस्यहरुलाई सहकारीको बास्तविक हकदार उनीहरुनै भएको कुरा सम्झाउनुका साथै एकैपटक सदस्यहरुको बचत फिर्ता गर्न नसक्ने अवस्थामा रहेको भए सदस्यहरुलाई जानकारी गराएर चरणवद्धरुपमा फिर्ता गर्ने व्यवस्था गर्न सुझाव दिएको छ ।

संस्थामा तरलता कायम राख्न आवधिक र नियमित बचत नवीकरण गर्न सदस्यहरुसंग अनुरोध गर्न संघले अपलि गरेको छ ।
संघले तरलता संकटको अवस्थामा सम्पूर्ण सदस्यहरुको साथमा रहने प्रतिवद्धता जनाएको  छ ।