बागमती प्रदेशमा सहकारीको ऋण नतिर्ने ऋणीको सम्पत्ति रोक्का हुने

बागमती प्रदेशमा सहकारीको ऋण नतिर्ने ऋणीको सम्पत्ति रोक्का हुने
समाचार | 2024-03-11 Share

काठमाडौं । बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मनत्रालयले सहकारी संस्थाका ऋणी सदस्यलाई समयमै ऋण चुक्ता गर्न ताकिता गरेको छ ।

मन्त्रालयले फागुन २५ गते एक सूचना प्रकाशन गरेर सहकारी संस्थाहरुबाट ऋण लिएका ऋणी सदस्यहरुले तोकिएको समय भित्र ऋणको सावाँ तथा व्याज चुक्ता नगर्दा सम्बन्धित सहकारीले बचतकर्ता सदस्यहरुको बचत फिर्ता  गर्न नसकेको उल्लेख गर्दै ऋणी सदस्यलाई ऋण तिर्न ताकिता गरेको हो ।

‘जुन सम्झौता वा सर्त बमोजिम ऋण लिएको हो सोही वमोजिम ऋणको सावाँ र ब्याज सम्बन्धित सहकारी संस्थामा समयमा नै भुक्तान गरी सहकारीमा देखिएको समस्या समाधान गर्न सहयोग गरीदिनुहुन सम्पूर्ण ऋणी सदस्यहरुमा अनुरोध गरिन्छ,’ मन्त्रालयको सूचनामा उल्लेख छ ।

मन्त्रालयले समयमा ‘ऋण नतिर्ने ऋणी सदस्यहरुको खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा विक्री गर्न नपाउने गरी रोक्का राख्न सम्वन्धित निकायमा लेखी पठाउने’ समेत चेतावनी दिएको छ ।