पोखरा रोयल साकोसको चैत्र महिनाको वित्तीय विवरण सार्वजनिक

पोखरा रोयल साकोसको चैत्र महिनाको वित्तीय विवरण सार्वजनिक
समाचार | 2024-04-15 Share

कास्की । पोखरा–१०, बुद्ध चोकमा मुख्य कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले चैत्र मसान्त सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

संस्थाले सोमबार विवरण प्रकाशन गरेर शेयर सदस्यहरुलाई सबै वित्तीय सूचक मजबुत रहेको जानकारी गराएको हो ।

सहकारीले सार्वजनिक गरेको विवरण अुनसार चैत्र मसान्त सम्म कुल ९ हजार २ सय ९० जना शेयर सदस्यले संस्थामा २० करोड ३७ लाख ८९ हजार रुपैयाँ शेयर पुँजी जम्मा गरेका छन् ।

यस्तै १ अर्ब ८६ करोड ६४ लाख ९४ हजार रुपैयाँ कुल बचत भएको संस्थाले १ हजार ३ सय ७२ जना शेयर सदस्यलाई विभिन्न शीर्षकमा १ अर्ब ६९ करोड ५० लाख ५८ हजार रुपैयाँ ऋण लगानी गरेको छ ।

संस्थाले जगेडा कोषमा १८ करोड ५२ लाख ३४ हजार रुपैयाँ र विभिन्न कोषहरुमा १२ करोड ४५ लाख ९७ हजार रुपैयाँ जम्मा भएको जनाएको छ ।

यसैगरी कुल संस्थागत पुँजी १८ करोड ७० लाख ४६ हजार रुपैयाँ र कुल सम्पत्ति २ अर्ब ४९ करोड ७० लाख ३१ हजार रुपैयाँ पुगेको विवरणमा उल्लेख छ ।

चैत्र मसान्त सम्म संस्थामा ३६ दशमलव ३४ प्रतिशत यानेकी ६७ करोड ८२ लाख ३२ हजार रुपैयाँ तरलता कायम रहेको जनाएको छ ।