पोखरा रोयल सहकारी र पद्यश्री अस्पतालबीच सम्झौता

पोखरा रोयल सहकारी र पद्यश्री अस्पतालबीच सम्झौता
समाचार | 2024-04-19 Share

कास्की । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यलाई स्वास्थ्य परिक्षण तथा उपचारमा सहुुलियत प्रदान गर्ने उद्धेश्यका साथ पद्यश्री हस्पिटल एण्ड एलाइड साइन्सेस् प्रा.लि.पोखरासंग दुई पक्षीय सम्झौता गरेको छ ।

संस्थाका उपाध्यक्ष चन्द्र प्रसाद गुरुङ्ग र पद्यश्री हस्पिटल प्रा.लि.का अध्यक्ष प्रा. डा.नरेन्द्र गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

पोखरा रोयल सहकारी विगत २२ वर्षदेखि पोखरा १० बुद्धचोकमा र पद्यश्री हस्पिटल एण्ड एलाइड साइन्सेस् प्रा.लि. विगत १८ महिनादेखि पोखरा ९ न्यूरोडमा सेवारत रहेका संस्थाहरु हुन् ।

सम्झौता बमोजिम अस्पतालको सेवा लिए वापत अस्पताल बेड चार्जमा १५ प्रतिशत, अस्पताल प्रयोगशाला प्रयोग १२ प्रतिशत, डायग्नोष्टिक सेवा १० प्रतिशत र सर्जिकल प्रोसिडियर चार्जमा १० प्रतिशत पोखरा रोयल सहकारीका सदस्यहरुले छुट पाउनेछन् ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष चन्द्र प्रसाद गुरुङले आफ्ना सदस्यहरुको स्वास्थ्य, सुरक्षा, सहजता र सुविधालाई सधैँ पहिलो प्राथमिकतामा राखी कार्य गर्ने तथा निरन्तर एक पछि अर्को गर्दै सदस्य हितका लागी नवीनतम कामको थालनी गर्दै जाने बताउनुभयो ।

अस्पतालका अध्यक्ष प्रा. डा.नरेन्द्र गुरुङले पोखरा रोयल सहकारी संस्था संगको सहकार्य फलदायी र दिगो हुने विश्वास लिदै सहकारी संस्थाको परिचय खुल्ने कुनै एक आधार लिएर आउने हरेक सदस्यलाई सम्झौतामा उल्लेख भए बमोजिम छुट दिने जानकारी दिनुभयो ।